JanaKura

वडा अध्यक्ष दिपक राज जोशीबाट खेलकुद सामग्री वितरण

टोखा लाइभ ।टोखा नगरपालिका वडा नं -२ का वडा अध्यक्ष दिपक राज जोशी र सदस्य प्रेमकृष्ण शाहीले खेलसम्बन्धी विभिन्न सामग्री आज तोथिलाग टोलका खेलाडी तथा सदस्य युथ महर्जन र बुद्धिहरि श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

वडा अध्यक्ष दिपक राज जोशी र प्रेमकृष्ण शाहीले १ सेट ब्याड मिन्टन, १ दर्जन कक र १ वटा भलिबल लगायतका खेलकुद सामग्री वितरण गरेका हुन् ।

खेलकुद सामग्री हस्तान्तरण गर्दे वडा अध्यक्ष दिपक राज जोशीले भन्ने- “ टोखामा खेलको विकासमा टेवा पु¥याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको हो। खेलाडीले जतिसुकै उतार चढावमा धैर्यता र लगाव नगुमाएमा भविष्यमा सफलता अवस्य हात पार्न सकिन्छ “। उनले बताए। वडा अध्यक्ष दिपक राज जोशीको समाजसेवाको काम अति नै प्रसंसनीय रहेकोले वहॉ विशेष गरी धन्यवादका पात्र रहेको खेलाडी युथ महर्जनले टोखा लाइभलाई बताए ।

‘भोलिका लागि खेल ’ भन्ने अभियानलाई लिएर विभिन्न खेलसँग सम्बन्धी सामग्री वितरण गर्ने नीति अघि सारेको टोखा नगरपालिका वडा नं – २ ले जानकारी दिएको छ । ब्याड मिन्टन र भलिबल लोकप्रिय खेल हो । विशेष गरी टोखा नगरपालिकामा यस खेलको महत्व अचेल बढ्दै गएको छ ।

Exit mobile version