• 2024-06-24

नविना श्रेष्ठ,
काठमाडौँ, १० असार : विश्व हिन्दु महासङ्घ टोखा नगर कार्यसमितिद्वारा आयोजित भौतिक सनातन धर्मसम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम टोखा भगवती क्लबमा सम्पन्न भएको छ। आफ्नो धर्म संस्कृति सम्बन्धी ज्ञान हासिल गर्न वडा १, २ र ३ का कार्यसमिति पदाधिकारीहरू साथै अन्य जेष्ठ नागरिक आमाबुवा दिदीबहिनी दाजुभाईहरु एवं हिन्दु धर्मप्रति आस्था रहेका व्यक्तिहरूको  उपस्थिति रहेको थियो। टोखा नगरका ११ वटै वडामा विश्व हिन्दु महासंघ सनातन धर्म र संस्कृतिको महत्व तथा यसका वैज्ञानिक आधार के के छन् भन्ने विषयमा वरिष्ठ व्यक्तित्वहरूले प्रवचन दिएका थिए।टोखा वडा नं ४,५,६,७ मा जेठ २६ गते राधाकृष्ण पार्टी प्यालेसमा प्रशिक्षण कार्यक्रम भएको थियो ।भने टोखा वडा नं ८,९,१०,११ मा असार १ गते सामुदायिक भवन टोखा ११को महादेवतार भएको थियो। र अन्तिममा टोखा वडा नं १,२,र ३ मा टोखा भगवती क्लबमा प्रशिक्षण कार्यक्रम भएको थियो। सनातन धर्मसम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम निम्न कुराहरूको विषयमा प्रवचन दिएको थियो।

प्रवचनमा जस्तै:-१. बौद्धिक सनातन नेपालको पहिचान

२. बौद्धिक सनातन धर्म के हो ?

३. सनातन धर्म र संस्कृतिको स्रोत वेद

४. सबै धर्मको मूल सनातन धर्म

५. संस्कृतिको वैधानिकता र सनातन धर्म सनातन सभ्यता र संस्कृतप्रति विश्वको आकर्षण

यी कुराहरूमा प्रशिक्षण दिएका थिए।

२०६२-२०६३ सालको जनआन्दोलनको बलमा देशमा परिवर्तन आई लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो तर आम नेपालीको आस्थासित जोडिएको हिन्दू राष्ट्र नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउने कार्यले आज विश्वको आपसी सद्भाव राष्ट्रिय अखण्डता सहिष्णुता र एकता खलबल लिने स्थिति बनेको छ। शिक्षामा परिवर्तन आजको आवश्यकता हो। तर अहिले शिक्षाले मानिसलाई शिक्षित बनाएको त छ सम्पन्नत बनाउँला तर संस्कारी बनाउन सकेको छैन। पूर्ण मानव बनाउन सकेको छैन। यसको शिक्षाको स्रोत संस्कृत नै हो। वेद पुराण मनुस्मृति धर्मशास्त्र गीता आदि संस्कृत ग्रन्थहरूबाट नै नीति नैतिक शिक्षाको एकदमै आवश्यकता रहेको छ। शिक्षाका लागि मालतोल हुन्छ यसो हुँदा गरिबले पर्न पाएका छैनन्। शिक्षामा मालटोल हुँदा धेरै मानवहरू शिक्षाबाट वञ्चित भएका छन्। गरिब बालबालिकाहरूले चाहेर पनि यी ग्रन्थहरूको ज्ञान हासिल गर्न पाएका छैनन्।

यिनै विषयमा आवाज बुलन्द गरी प्रशिक्षण दिनुभएका प्रशिक्षहरमा डा. कुलप्रसाद कोइराला उहाँ नेपाल संस्कृत विश्वविद्यालयका भूतपूर्व उपकुलपति हुनुहुन्छ भने भरतराज पौडेल धर्म संस्कृतिको प्रशिक्षक संयोजक हुनुहुन्छ त्यसैगरी डा. धनेश्वर नेपाल प्राचार्य प्रधानाध्यापक हुनुहुन्छ। कार्यक्रममा नगरकार्य समितिका अध्यक्ष कृष्णविलास अधिकारी उपाध्यक्ष टिका पौडेल हिरा पोखरेल नर्बदा लामिछाने सचिवमा जयकृष्ण पौडेल सहसचिव तारा खरेल कोषाध्यक्षमा ईश्वरी खनिया साथमा १,२,र३ का वडा कार्य समिति लगायत  विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै