-नविना श्रेष्ठ
असार ९,२०८१ हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ समुदाय प्रहरी साझेदारी बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगंजको आयोजनामा Rotary &Rotaract club of charumati सहकार्यको साथ शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका संयोजक डा. सोनिया खड्का रहेको थियो। भने कार्यक्रमका अध्यक्ष नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति रमेश खड्का रहेको थियो।
कार्यक्रमका कार्यकारी निर्देशक डा.रवी मल्ल रहेका थिए। रक्तदान कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य एक थोपा भएपनि रगत दिदा कसैको जीवन बाँच्छ भने किन रक्तदान नगर्ने त भन्ने मानसिकता बोकी रक्तदान गर्न आउनेहरू ४४ जना रहेको कार्यक्रमका अध्यक्ष रमेश खड्काले जानकारी दिनुभयो। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र बासबाडीसँग सहकार्य गरी आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का सांसद प्रदिप पौडेल तथा विभिन्न वडा नगर महानगरका सभापतिहरू लगायत विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। आयोजकले यसरी आफ्नो अमूल्य समय दिइ रक्तदान गरी योगदान गर्नुभएका सबैजनालाई धन्यबाद स्वरूप प्रशंसा पत्र पनि हस्तान्तरण गर्नुभएको थियो।