JanaKura

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित शिक्षक शिक्षिकाहरूको उडव्यास एंव एडभान्स तालिम ककनी

नविना श्रेष्ठ/ असार ०२,२०८१ /काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग र नेपाल स्काउट बागमती प्रदेश स्थानीय स्काउट कार्यालय काठमाडौँद्वारा आयोजना गरेको शिक्षक शिक्षिकाहरूको ६ रात ७ दिनको उडव्याज र एडभान्स तालिम अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनी नुवाकोटमा यही जेष्ठ ३० गतेदेखि असार ४ गतेसम्म सञ्चालन भइरहेको छ ४९ औँ गर्ल्स एडभान्सका कोर्ष लिडर राष्ट्रिय प्रशिक्षक अनिता मानन्धर र ५९ औँ व्यइज उड ब्याजका कोर्ष लिडर राष्ट्रिय प्रशिक्षक एवं राष्ट्रिय कार्यसमिति सदस्य आयुक्त शिव राम अर्याल रहेका छन् भने तालिमलाई साथ र सहयोग गरिरहनुभएका राष्ट्रिय प्रशिक्षक लीला श्रेष्ठ कृष्ण चालिसे सुरज खनाल रहेका छन्। एडभान्सका काउन्सिलरमा राष्ट्रिय प्रशिक्षक निर्मला शर्मा प्रभा महर्जन साथमा एडभान्सका गंगा चौलागाई,नबिना श्रेष्ठ रहेका छन्।

भने व्यइज कोषका काउन्सिलरमा CALT का राम श्रेष्ठ सहदेव थापा विश्वनाथ बानिया जय प्रताप आले रवि प्रसाद परियार र ALT प्रमोद सिगरेल कृष्णप्रसाद शिवाकोटी रहेको छ। सांस्कृतिक सहर समृद्धि महानगर भन्ने मूल नाराका साथ काठमाडौँ महानगरपालिकाले एडभान्स,उड व्याजको तालिम सञ्चालन गरेको हो। अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनीमा छ रात सात दिने उडव्याज र एडभान्स तालिम सञ्चालन भइरहेको आज चौथो दिनमा काठमाडौँ महानगरपालिकाका शिक्षा प्रमुख गोविन्दप्रसाद शर्मा र सहरी योजना सदस्य शैलेन्द्र झाका साथ शिक्षा अधिकृतहरूको बाक्लो उपस्थिति रही तालिमको निरीक्षण गर्नुभएको थियो। हामी को हौँ हामी के गर्छौं हामी कहाँ पुग्छौं अक्षर शब्द चिन्न हामीलाई स्काउट चाहिन्छ। नेपाललाई रूपान्तरण गर्न सबैभन्दा पहिला शिक्षामा रूपान्तरण हुन जरुरी छ १५ वटा समूहलाई अब २० वटा समूह बनाउने स्काउट के हो पहिला बुझेको थिएन ढिला भएपनि स्काउट बुझ्न सक्यो।

सामुदायिक विद्यालयसँग जोडिएर हाम्रो देश नेपाललाई रूपान्तरण गर्ने सबैभन्दा सजिलो माध्यमहरूमध्येमा स्काउट पनि एक हो। सहरी योजना शैलेन्द्र झाले बताए। काठमाडौँ महानगरपालिकामा सामुदायिक विद्यालयहरूमा कक्षा सञ्चालन गर्ने विषयवस्तु शिक्षक शिक्षिका यी विभिन्न कुरामा ध्यान दिँदै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको समसामूहिक कुराहरूमा ध्यान दिएर स्काउट अगाडि बढाउने विषयमा आफूहरू चिन्तित रहेको र विशेष ध्यान दिइरहेको साथै शिक्षा सीपमूलक शिक्षाहरू सञ्चालन भइरहेकोमा स्काउट पनि एक त्यसभित्र पर्ने भएकोले स्काउटलाई महत्त्वपूर्ण ध्यान दिई यसलाई मजबुत गर्ने काठमाडौँ महानगरपालिकाका शिक्षा प्रमुखले प्रतिबद्धता जनाए। सामुदायिक विद्यालयहरूमा युनिफर्मको लागि महानगरबाट बजेट छुटाएको र अझ यो महँगो समय भएको कारणले नपुगेको खण्डमा अथवा नपुगेको अवस्थामा आर्थिक बजेटमा फेरि छुटाउने समेत जानकारी दिनुभयो। सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको समसामूहिक कुरामा ध्यान दिई पाठ्यक्रमले पाठ्यभारलाई समस्या नहुने गरी पाठ्यक्रमभन्दा बाहिर नगई स्काउट क्रियाकलापहरू अगाडि बढाउनुपर्ने शिक्षा प्रमुख ले प्रशिक्षकहरूसँग केही लामो समय अन्तरक्रिया गरेका थिए।

Exit mobile version