• 2024-06-09

काठमाडौँ, २७ जेठ :काठमाडौंमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ जेठ १५ देखी सुरू भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा राखिएको छ ।  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललिलकलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न मुलुकमै पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको हो। प्रतिष्ठानले नेपाली कलाको महाउत्सवको रूपमा यस प्रदर्शनीलाई लिएको सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले बताए। प्रतिष्ठानले पहिलो पटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय ललितकला प्रदर्शनी गर्ने जानकारी समेटिएको विस्तृत विवरण सहितको सार्वजनिक सूचना २०८० माघ १२ गते जारी गर्दै देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि आह्वान गरेको थियो ।

प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ मार्फत् छानिएका कलाकृति समावेश गरेर यस वर्ष ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गरिएको हो। यसैअनुरूप प्रादेशिक ललितकला प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृतिसमेत समावेश गरी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा राखिएको छ ।

(फोटो / फिचर)

 

छुटाउनुभयो कि? सबै