JanaKura

प्रमुख स्काउट युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठको दिक्षान्त समारोह सम्पन्न

नविना श्रेष्ठ/ जेठ २७ ,२०८१/ नेपाल स्काउटका प्रमुख स्काउट तथा माननीय युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठको जेठ २४ गते विहिबार नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरको सभाहलमा दीक्षित भएका छन्। दिक्षान्त समारोहमा राष्टिय परिषद सदस्य सचिव सुमनराज अर्यालको पनि साथमा दीक्षित भएको छ। बिगत धेरै बर्ष देखि राजनीतिक आडमा बलियोसंग जडान गाडेर बसेकालाई दीक्षित  हुना साथ हटाउन सफल भएका छन्।

नेपाल स्काउटका प्रमुख स्काउट माननीय युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले नेपाल स्काउटको लैनचौर स्थित जग्गा पूर्ण रूपमा फिर्ता आएको र  सम्मानित अदालतले पनि तिर्न बाँकी रकम तिरेर पछिमात्र त्यहाँको सरसमान फिर्ता दिनु भन्ने फैसला भएको बताउनुभयो । युवा तथा खेलकुद मन्त्रालयले जग्गा फिर्ताको प्रकिया अगाडि बढाउदा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिनु भएको सहयोग मार्ग दर्शनको लागि प्रमुख स्काउट युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले समाजिक सञ्जाल मार्फत विशेष धन्यवाद दिएका छन्।अव उपरान्त उक्त जग्गा के गर्ने भने विषयमा विधि अनुसार नेपाल स्काउटको आगामी कार्यकारी बैठक हुदै राष्ट्रिय परिषद्ले निर्णय लिने नै छ , प्रमुख स्काउट, युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले बताएको छ।

 

Exit mobile version