नेपाल कार्टुनिष्ट क्लबकाे अध्यक्षमा पुन: बासु क्षितिज
काठमाडौं, २० जेठ । नेपाल पत्रकार महासंघको एसाेसिएट संस्था नेपाल कार्टुनिष्ट क्लबकाे अध्यक्षमा बासु क्षितिज निर्वाचित भएका छन् । आइतबार काठमाडौं क्लबकाे अधिवेशनले बासु क्षितितलाई दाेस्राे पटक सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको हाे । क्लबले सबै पदमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । क्लबकाे उपाध्यक्षमा रवी मिश्र चयन भएका छन् । यसअघि उनी महासचिव थिए । यसैगरी महासचिवमा रवीन्द्र मानन्धर, सचिवमा भानु भट्टराई र काेषाध्यक्षमा सुजिता महर्जन निर्वाचित हुँदा सदस्यहरुमा दिनेश प्रधान, सानुराज डंगोल, पल्पसा मानन्धर, उमेशचन्द्र अधिकारी निर्वाचित भएका छन् । बाँकी २ जना सदस्य भने पछि मनाेनित हुने क्लबले जनाएको छ । क्लबले नेपाल पत्रकार महासंघको केन्द्रीय परिषद सदस्यमा अविन श्रेष्ठ र प्रदेश परिषद सदस्यमा केशवराज खनाल, सागर शाह र राजेश केसीलाई निर्वाचित गरेको छ ।