नविना श्रेष्ठ जेठ २०,२०८१ टोखा नगरपालिका कार्यालयबाट सञ्चालन भइरहेका विकास निर्माण कार्यहरू र त्यसका विभिन्न विषयगत शाखाहरूबाट गरिने अफिस सञ्चालनका लागि विभिन्न मसलन्द सामान खरिद र सो कार्यक्रमबाट सञ्चालन गरिरहेको गोस्ती सेमिनार भ्रमण लगायतका तमाम विषयहरूका बारेमा पटकपटक विभिन्न माध्यमहरूबाट ध्यानाकर्षण गराउँदै आएता पनि कुनै सुनवाई नभएको र प्रत्यक्ष जनतासँग जोडिने स्थानीय तहले सुशासन सहितको सेवा दिन नसकेको भन्दै नेपाली कांग्रेस टोखा नगर कमिटीले शुक्रबार टोखा नगरपालिकाका भवनको सभा हलमा प्रमुख प्रकाश अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। टोखा नगरपालिकाका गतिविधिहरू प्रति आम नगरवासीका विभिन्न खाली संशय गुनासोहरू बढिरहेकाले त्यसलाई समयमै सम्बोधन गरियोस् भन्ने हेतुले बुँदागत रुपमा यसरी ज्ञापनपत्र मार्फत बुझाइएको नेपाली कांग्रेसका नगर सभापति ओम कृष्ण बिमलीले बताए।

विभिन्न विषयका बुँदाहरू तल यसप्रकारका छन्। १. भौतिक पूर्वाधार निर्माण २. सार्वजनिक जग्गाको संरक्षण ३. नगरबाट भइरहेको खरिद ४. स्वास्थ्य ५. शिक्षा ६. नगरको कर असुली ७. खानेपानीको सरसफाई तथा पर्यावरण ८. भाषा संस्कृति पहिचान संरक्षण ९. आर्थिक मितव्ययिता १०.डि.पी.आर(DPR) निर्माण यी १० विषयमा नगरले गर्दै आएको कार्यमा नेपाली काङ्ग्रेस टोखानगर कार्यसमितिले टोखा नगर प्रमुख प्रकाश अधिकारीलाई बुझाएको हो।