काठमाडौं १९ जेठ /वाङमय शताब्दी पुरुष एवं इतिहास विद् सत्यमाेहन जाेशीकाे १०५ अाैं जन्म जयन्ती र कविकेशरी चित्तधर हृदयकाे ११८ अौं जन्म जयन्ती मनाइएको छ। सुकुन्दा साहित्य पाला: काे आयाेजनामा काठमाडौंको रत्न राज्य लक्ष्मी क्याम्पसकाे सभाहलमा उक्त समारोह सम्पन्न भएको छ। कार्यक्रमका सभाध्यक्ष यवम पाला:काे अध्यक्ष प्रशान्त डंगोलले नेपालभाषा अभियान्ताहरुकाेे अथक प्रयास( बुल्हुहु च्यानाच्वंगु मिजः )विभिन्न कालखण्डमा आइरहेकाे तुफान आधिवेहरिले अभियाना तुहाउन कति रणनीतिक चाल चालेपनि आफुहरु किन्चित विचलित नभैकन अभियान सफल पार्न लम्किरहेको बताए।कार्यक्रम अायाेजना गर्नुकाे मूल उद्देश्य :- १) नेपालभाषा अभियन्ताहरुकाे अथक प्रयास मेहनतले नेपालभाषा क्षेत्रमा आइरहेकाे अवसरकाे उचित सदुपयाेग गर्न र नयाँ पुस्तालाई साे अवसरकाे उचित सदुपयाेग गराउन। २) शताब्दी पुरुष सत्यमाेहन जाेशी र कवि केसरी चित्तधर हृदयकाे याेगदानकाे बारेमा अध्ययन अनुसन्धान कार्यक्रम सञ्चालन गर्न गराउन । ३) नेपालभाषा अभियनाकाे उपलब्धि संस्थागत गर्न गराउन। ४) महान व्यक्तित्वका धनी सत्यमोहन जाेशी र चित्तधर हृदय द्वयकाे याेगदानकाे सम्मान गर्दै उहाँहरुकाे विभिन्न कृतिहरुकाे अध्ययन अनुसन्धान गर्न प्राेत्साहन गर्न। ५) अासा सफु कुथि,लाेक साहित्य परिसद, च्वसा पासा र नेपालभाषा एकेडेमी जस्ता विभिन्न संघसंस्थाहरुकाे उचित संरक्षण सम्बर्द्धन र प्रबर्द्धन गर्न गराउन। रहेकाे भन्दै सम्पुर्ण नेपाल भाषा अभियन्ताहरुकाे याेगदानकाे खुलेर प्रशंसा गरे।
