चौथो आदिवासी जनजाति चलचित्र महोत्सव २३ गतेदेखि २५ गते सम्म हुदै
नविना श्रेष्ठ ,जेठ १५,२०८१ आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा चौथो आदिवासी चलचित्र महोत्सव जेठ २३ गतेदेखि २५ गते सम्म काठमाडौंमा आयोजना हुने भएको छ । महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण २०७६ सालदेखि हुन नसकेको महोत्सव आगामी जेठ २३, २४ र २५ गते आयोजना गर्न लागिएको जनाएका छन्। ३ दिनसम्म चल्ने महोत्सवमा आदिवासी जनजाति मातृभाषी नेपाल भाषा चलचित्र, वृत्तचित्र र छोटा चलचित्र प्रदर्शन गरिने आयोजकले जनाए। महोत्सवमा सहभागिता जनाउने चलचित्रलाई विभिन्न ८ विधामा अवार्ड तथा पुरस्कार प्रदान गर्ने महासंघले जानकारी दिएको छ। त्यस अनुसार उत्कृष्ट चलचित्रलाई नगर २० हजार रुपैयाँ, उत्कृष्ट बृत्तचित्रलाई १० हजार र उत्कृष्ट सर्ट फिल्मलाई १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने महासंघका अध्यक्ष पुर्खाजित राईले जानकारी दिएका छन्। भने नेपालको सांस्कृतिक र प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पुर्याउने जनविश्वासका साथ यो चलचित्र महोत्सव आयोजना गर्न लागिएको आयोजकले बताए।