काठमाडाैं, १५ जेठ ।महिला हिंसा तथा महिनावारी सम्बन्धि काम गरिरहेकाे गैरसरकारी संस्था एक्स-पोज नेपालले हरेका वर्षझै यस वर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसकाे अवसरमा यस वर्ष ” महिनावारीमैत्री विश्वव्यापी हातेमालो ” भन्ने नाराका साथ साइकल र्याली आयोजना गरी मनाएकाे छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चाैधरीले महिलाहरूकाे महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाकाे व्यवस्था गर्नुपर्ने बताउनुभएकाे छ ।

एक्स-पोज नेपालले आयोजना गरेको दशाैं अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसका उपलक्षमा साइकल र्यालीसहित आयाेजना गरेकाे उक्त कार्यक्रममा मन्त्री चाैधरीले महिलाहरूकाे महिनावारीकाे समय एकदमै पिडादायी हुने बताउनुहुँदै राज्यलाई विदाकाे व्यवस्था गर्न पहल गर्ने बताउनुभएकाे हाे । याे हरेक वर्षकाे मे २८ का दिन मनाइन्छ । नेपालकै प्याडम्यान भनेर चिनिने एक्स-पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पहिलाे वर्ष अर्थात सात वर्ष पहिले गरेकाे पहिलाे साइकल र्यालीमा जम्मा ७२ जना सहभागी भएकाे मा एक जना महिला सहभागी भएकाे बताउनुहुँदै यस वर्ष चार सय पचास सहभागीमा ७५ प्रतिसत महिला र्यालीमा सहभागी भएकाे बताउनुभयाे ।
युनिसेफका प्रतिनिधी जिहुनरले महिनावारी स्वच्छतामा प्रमुख गरि सरसफाइनै रहेकाे बताउनुभयाे । उहाँले यसरी सहकार्य गर्न पाएकाेमा खुसी लागेकाे पनि बताउनुभयाे । ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले महिलाहरूकाे महिनावारीलाई कमजाेरीका रूपमा हेर्न नहुने बताउनुभयाे । उहाँले कमजाेरीका रूपमा भन्दा बढी महिला शक्तिका रूपमा लिनुपर्ने बताउनुभयाे ।