काठमाडाैं, १४ जेठ । अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस मे २८का दिन एक्स-पोज नेपालले साइकल र्याली गर्ने भएकाे छ । महिला हिंसा तथा महिनावारी सम्बन्धि काम गरिरहेकाे गैरसरकारी संस्था एक्स-पोज नेपालले हरेका वर्षझै यस वर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसकाे अवसरमा साइकल र्याली गर्न लागेकाे हाे । नेपालकै प्याडम्यान भनेर चिनिने एक्स-पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पहिलाे वर्ष चार सयले महिनावारी स्वच्छता सम्बन्धि नारा बाेकेर साइकल र्याली गरिएकाे बताउँदै यस वर्ष त्याे भन्दा बढी साइकल र्यालीमा सहभागी हुने बताउनुभयाे । उहाँले यस वर्षकाे नारा ” महिनावारीमैत्री विश्वव्यापी हातेमालो ” रहेकाे बताउँदै काठमाडाैं, भक्तपुर र ललितपुरबाट साइकल र्यालीका सहभागीहरू जम्माहुने बताउनुभयाे ।
साइकल र्यालीका सहभागीहरूका लागि एक्स-पोज नेपालले टि सर्ट र खाना उपलव्ध गराउने अध्यक्ष महर्जनले बताउनुभयाे । साइकल र्याली बसन्तपुर दरवार स्क्वायर, न्युराेड, भाेटाहिटी, दरवार मार्ग, जयनेपाल हल, पुतली सडक, अनामनगर, हनुमान मन्दिर, बिजुली बजार, मण्डला, थापाथली, पुल्चाेक हुँदै मंगलबजार पुगेर कार्यक्रममा परिणत हुने जनाइएकाे छ । कार्यक्रमका लागि युनिसेफ, प्लान इन्टरनेशनल नेपाल, जिआइजेड, एसएनभी र वेल्ट हङ्गर हेल्फ(डब्लुएचएच)काे सहयाेग रहेकाे एक्स-पोज नेपालका अध्यक्ष महर्जनले बताउनुभयाे ।