• 2024-05-13

काठमाडौं ३१ वैशाखः/ टोखा नगरपालिकाले विष्णुमती नदी सरसफाइ अभियानको शुभारम्भ गरेको छ । कला संस्कृतियुक्त स्वच्छ समुन्नत टोखा नगर भन्ने मूल नारा बोकेको टोखाले शनिबारदेखि विष्णुमती नदी सरसफाइ अभियान शुभारम्भ गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले विष्णुमती खोलालाई सफा बनाउनका लागि खोलाभित्र फालिएको फोहोर हटाइएको जानकारी दिए । उक्त अभियानका क्रममा नदी वरपर फालिएका फोहरको व्यवस्थापन गर्नुका साथै झारहरु हटाइएको छ । टोखा नगरपालिका–८ स्थित मेरिगोल्ड पार्टी प्यालेसबाट सुरु गरिएको उक्त अभियानमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयवासी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, सञ्चारकर्मीलगायतको सहभागिता थियो । टोखाले आगामी हप्तादेखि हरेक शनिबार सरसफाइ अभियानलाई निरन्तरता दिने प्रमुख प्रशासकीय अधिकृत विसीले बताए । टोखा नगरपालिकाले  विष्णुमती नदी र त्यस वरपरको फोहोरलाई व्यवस्थापन गर्ने जनाएको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै