JanaKura

प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ:-

फाइल फाेटाे

टाेखा लाईभ श्रावण २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी प्रधानमन्त्रीका सचिवालय सदस्य तथा कर्मचारीको समेत कोरोना परीक्षण नतिजा नेगेटिभ देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान प्रधानमन्त्रीसहित सचिवालयका सदस्य तथा कर्मचारीको पीसीआर परीक्षण गर्न स्वाब सङ्कलन गरिएको थियो । प्रधानमन्त्री ओलीसहित उहाँका मुख्य सल्लाहकार विष्णु रिमाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार थापा, प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारी लगायतको स्वाब सङ्कलन गरिएको थियो । source:gorkhapatraonline

Exit mobile version