JanaKura

विश्व कार्टुनिस्ट दिवसमा शारदा-गोविन्दमान ब्यङ्गयचित्र प्रतिभा पुरस्कार महेश वास्ताकोटीलाई प्रदान

काठमाडौ, २३ वैशाख : विश्व कार्टुनिस्ट दिवसका अवसरमा शारदा-गोविन्दमान ब्यङ्गयचित्र प्रतिभा पुरस्कार कार्टुनिस्ट महेश वास्ताकोटीलाई प्रदान गरिएको छ ।कार्टुनिस्ट क्लब नेपालको आयोजनामा आज नक्साल स्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा विश्व कार्टुनिस्ट दिवस २०८१ दिवसकै अवसर पारेर क्लबका निवर्तमान अध्यक्ष अविन श्रेष्ठद्वारा आफ्ना आमा शारदा श्रेष्ठ र बुबा गोविन्दमान श्रेष्ठको स्मृतिमा स्थापना गर्नु भएको शारदा-गोविन्दमान ब्यङ्गयचित्र प्रतिभा पुरस्कार २०८१ हिमालयन टाइमसका कार्टुनिस्ट महेश वास्ताकोटीलाई दश हजार नगद पुरस्कार सहित पुरस्कृत गरिएको हो। 

कार्टुनिस्ट क्लब नेपालको आयोजनामा नक्साल स्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा विश्व कार्टुनिस्ट दिवस  पनि मनाएको हो कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री एंव पुराना कार्टुनिस्ट रमेशनाथ पाण्डेले छोटो समयमै नै पढ्न, बुझ्न र हास्ने सकिने कार्टुन विधा पहिला पहिला तयार गर्न गाह्रो भए पनि आज भोलि समय र परिस्थिति जटिल भएको बताउनुभयो । पत्रकारितामा कार्टुनको विशेष स्थान हुने भएकोले कार्टुनिस्टहरुको पनि विशेष दायित्व र महत्व हुने बताउनु भयो र सम्पूर्ण नयाँ तथा पुराना कार्टुनिष्टहरुलाई कार्टुनिस्ट दिवसको शुभकामना दिनुभयो ।

 

अग्रज कार्टुनिस्ट रामकुमार पाण्डेले नेपाली कार्टुनहरु विदेशीहरुले नबुझ्ने आफ्नो अनुभव सुनाउनु हुँदै कार्टुनहरुको अनुसंन्धान हुनुपर्ने, बुलुटिन प्रकाशित गरी पुराना कृत्तिहरु संग्रह गर्नुपर्ने तथा अग्रज कार्टुनिष्टहरुको अनुभव आदानप्रदान गर्नुपर्ने सुझाव दिनुभयो ।


शारदा-गोविन्दमान ब्यङ्गयचित्र प्रतिभा पुरस्कारबारे बोल्नु हुँदै वरिष्ठ कार्टुनिस्ट अविन श्रेष्ठले तीन दशक भन्दा बढी कार्टुन बनाइ सकेपछि आफ्नो मात्रै प्रगति भन्दा पनि नयाँ प्रतिभालाई हौसला प्रदान गर्न एउटा कार्टुनिस्टले अर्को कार्टुनिस्टलाई कार्टुनकै बारेमा पुरस्कार दिन उचित हुने भएकाले पुरस्कार घोषना रेअनुरुप ब्यङ्गयचित्र प्रतिभा पुरस्कार नयाँ प्रतिभालाई  प्रदान गरेको श्रेष्ठले बताउनुभयो । कार्टुनिस्ट अविन श्रेष्ठले पुराना कार्टुनिस्टलाई भन्दा नयाँ कार्टुनिस्टलाई पुरस्कार प्रदान गर्दा आर्थिक मन्दी, प्रिन्ट मिडियाहरुको ह्रासले गर्दा नयाँ प्रतिभाहरु पलायन हुन थालेकाले नयाँ नयाँ कार्टुनिस्टलाई प्रदान गरेको प्रष्ट पार्नुभयो ।

 

उक्त कार्यक्रममा कार्टुनिस्ट क्लब नेपालका अध्यक्ष बासु क्षितिजले पुरस्कारको छनौट प्रक्रियाबारे प्रष्ट पार्नु हुँदै अग्रजहरुलाई धन्यवाद सहित सम्पूर्णमा कार्टुनिस्ट दिवसको शुभकामना दिनुयो । कार्यक्रममा कार्टुनिस्ट राजेश केसीले नेपाली कार्टुनको इतिहासमा अविन श्रेष्ठको योगदान अतुलनिय रहेको र यो पुरस्कार स्थापनाले उहाँको योगदान अझै बढेको बताउनुभयो 

उक्त कार्यक्रममा ललितकलाका कुलपति नारदमणी हार्तम्छालीले पनि पुरस्कृत तथा सम्पूर्ण कार्टुनिस्टहरुलाई शुभकामना दिनु भयो साथै हाँले भविष्यमा कार्टुनिस्ट दिवस मनाउने बारे क्लबसंग छलफल गरेर अगाडी बढ्ने बताउनुभयो । कार्यक्रममा रवि मिश्रले पनि शुभकामना दिनु भएको थियो र पुरस्कृत महेश वास्ताकोटीले आफ्नो अनुभव र पुरस्कार बारे खुशी व्यक्त गर्नु भयो ।

 

 

Exit mobile version