• 2024-04-27

काठमाडौँ, १वैशाख:टोखा सरस्वती स्वास्थ्य चौकि, टोखा नगरपालिका वडा ३  कार्यालयको संयुक्त आयोजना तथा चिरायु अस्पताल र मोडर्न ल्याबको प्राबिधिक सहयोगमा पुरुषहरुको प्रोस्टेट क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

टोखा नगरपालिका ०३ नंं वडा कार्यालय अवस्थित टोखा सरस्वती स्वास्थ्य चौकीमा शनिबार बिहान ८ बजे देखि दिउसाे ४ बजे सम्म संचालन भएको  पुरुषहरुको प्रोस्टेट क्यान्सर सम्बन्धी शिविरमा करीब दुइ सय टोखा नगरवासी सेवाग्राहिले निःशुल्क प्रोस्टेट परीक्षण गराएका छन् ।

वरिष्ठ युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण चिकित्सक प्रा.डा उत्तम कुमार शर्माको नेतृत्वमा संचालन भएको क्याम्पमा निःशुल्क PSA Test, Digital Rectal Examination (DRE), Urine Routine , तथा रेडियोलोजिस्ट डा. आशिष बहादुर सिंह द्वारा निःशुल्क video x-ray (USG) pani गरिएको थियो ।

उमेर बढ्दै गए सँगै धेरै पुरुषहरूमा प्रोस्टेटको समस्या देखिने गरेको र समय मै यसको पहिचान गरेर उपचार विधि अपनाउन सकेमा यसलाई निर्मूल गर्न सकिने जानकरी चिरायु नेशनल हस्पिटलका मेडिकल डाइरेक्टर तथा वरिष्ठ युरोलोजिस्ट प्रा.डा उत्तम कुमार शर्माले जानकारी दिनुभयो ।

उक्त क्याम्पमा उपस्थित सेवाग्राहीहरुलाई थप उपचार गर्नुपरेमा चिरायु नेशनल हस्पिटलले सहुलित रकममा छुटको व्यवस्था पनि गरेको जानकरी यसै हस्पिटलका हस्पिटल डाइरेक्टर संजीव राजभण्डारीले दिनुभयो ।

यस स्वास्थ्य शिविरलाई सफलतापूर्वक समापन गर्न चिरायु हस्पिटल व्यस्थापन तर्फ बाट नवराज भुजेल र बसन्त खनालसँगै टोखा सरस्वती स्वास्थ्य चौकीका प्रमुख संजीव कुमार पटेलको महत्त्वपूर्ण भूमिका रहेको थियो । उक्त शिविरमा टोखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रनलाल कुलालले अनुगमन गरि सल्लाह सुझाव दिनु भएको थियो।

त्यस्तै टोखा नगरपालिका वडा नं ३ को वडा अध्यक्ष रमेश डंगोलज्यूले चिरायु नेशनल हस्पिटलले देखाएको सहयोग प्रति आभार ब्यक्त गर्दै नगरवासीहरुको स्वास्थलाई ध्यानमा राखी आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै