नविना श्रेष्ठ बैशाख १८,२०८१ /टोखा नगरपालिका वडा नं २स्थित भिल्ली पन्चेटारमा बसोबास गर्दै आएको माईला तामाङको फनिर्चरमा बैशाख १७ गते मध्यरातको १२ बजे भिसन आगलागी भएको थियो। कहाँ के कसरी आगलागी भएको भनि अहिले सम्म पता लगाउन सकेको छैन। धादिङ जिल्ला घर भएका माईला तामाङ सुख दुःखसंग लर्दै काम गरि परिवार समाल्दै आएका थिए।दिपक श्रेष्ठको जग्गा भाडामा लिएर आफ्नो सिपअनुसार काम गर्दै बसेको आज चार बर्ष बितिसकेको छिमेकी कान्छा श्रेष्ठले जानकारी दिनुभयो। मध्ये रातको १२ बजे लागेको आगो निभाउन दमकल बोलाउँदा पनि १ घण्टा पछि मात्र दमकल आइपुगेको छिमेकीले बताए। त्यो समय सम्म ठुलो क्षेती भइसकेको थियो।भिसन आगलागीले छरछिमेको घरमा समेत क्षेती पुराएको छ। छिमेकी रवि कर्माचार्यको घरको झ्यालको सिसा फुटेको बोरिङको लाइन जलेको,पाइप जलेको, दुई तलाको झ्याल समेत जलेर क्षेती भएको छ।

माइला श्रेष्ठको एक छोरा एक छोरी र श्रीमती गरि चार जना परिवारसंगै कामदार एक जना फनिर्चरमा बस्दै आएको थियो। भने अहिले छोरा छोरी कोरिया र जापानमा रहेका छन्। भने श्रीमान श्रीमती गरि एक जना कामदार फनिर्चरमा बस्दै आएको छिमेकी कान्छा श्रेष्ठले जानकारी दिनुभयो।भिसन आगलागीमा भने मानवीय क्षेती भएको छैन्। झण्डै २ करोडको क्षेती भएको अनुमान गरेको छ। फनिर्चरमा रहेको मेसिन, गाडी,काठ,पलाइ,जस्ता, पानीको टेङकी, किताब,काठका टुक्रा काम नलाग्ने भएको छ। मध्ये रातको १२:००बजे लागेको आगो बिहानको ३:०० बजे मात्र नियन्त्रणमा आएको छिमेकीहरुले बताए। यति ठुलो भिसन आगलागी हुँदा थाहा नपाएको तर छिमेकी कान्छा श्रेष्ठले चाल पाएपछि सबै छिमेकीलाई गुहारेको श्रेष्ठले बताए।यो आगलागी भएको देखेर टोखाका स्थानीयले अब वडा या त टोखा नगरमा पनि एउटा दमकलको आवश्यकता रहेको गुनासो पोखेका छन्।यो कुरा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष टोखा नगर बासिन्दाहरू सबैको ध्यानाकर्षण हुनु पर्ने स्थानीयको भनाई छ।