JanaKura

साहित्य सदन नेपालको आयोजनामा आख्यान विमर्श सङ्गोष्ठी सम्पन्न

काठमाडाैं, १६ वैशाख । साहित्य सदन नेपालले एक आख्यान विमर्श सङ्गोष्ठी सम्पन्न गरेको छ । काठमाडाैंको बाैद्ध रामहिटीस्थित साहित्य सदन नेपालको भवनमा शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीको विशेष उपस्थितिमा आख्यान विमर्श सङ्गाोष्ठी सम्पन्न भएको हो ।

बाल अधिकारकर्मी तथा आख्यान विमर्श सङ्गोष्ठीका संयोजक डा कृष्ण सुवेदी (भारद्वाज मित्र) ले सम्पूर्ण उपस्थित महानुभावलाई स्वागत गर्दै विषय प्रवेशमा पारिजातको ३१ अैा स्मृतीमा चर्चा पनि गर्नुभएको थियो , उहाँले देशले मात्र होइन संसारले चिनेको पारिजातसंग चैत्र ३ गते राल्फा आन्दोलनमा यहाँ उपस्थित धेरै जना सँगै होमिएको बताउँनुभयो ।

चखुन्चा स्वाँ अर्थात् ज्याराकाण्डालाइ पारिजातले शिरिषको फूल भनेर लेखेपछि संसारले पारिजातलाई चिनेको बताउनुभयो । उहाँले निरंकुसताको समयमा सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, रमेश विकल, धुस्वाँ सायमी, गङ्गा उप्रेती, अमिर थापालगायतले साहित्य सदन नेपाल निर्माणका लागि विशेष पहल गर्नुभएको सम्झम्दै हृदयचन्द्रको स्मृतीमा २०४३ सालतिरको समयमा कार्यक्रम गर्न थाल्दा पञ्चायतीहरूले कार्यक्रम गर्न नदिएपछि पद्माेदयको चोटामा कार्यक्रम गर्दा बैकुण्ठ लाकाैलले सार्है चित्त दुखाउँदै जनताको एकेडेमी बनाउनुपर्छ भनेर रू एक लाख सहयोग गर्नुभएको सन्दर्भ निकाल्दै साहित्य सदन नेपाल स्थापना गरिएको बताउनुभयो ।

सदनका अध्यक्ष प्रा.डा. हेमनाथ पाैडेलकाे अध्यक्षता र सचिव प्रल्हाद पोखरेलको सहजीकरणमा सम्पन्न सो सङ्गोष्ठीमा पारिजात केन्द्रका पूर्व अध्यक्ष डा राजेन्द्रप्रसाद अधिकारीले पारिजात स्मृती केँन्द्रले पारिजातको जन्म १९९० फागुन ३० गते बनाएर ७८ सालमा सच्याइएको बताउनुभयो । उहाँले २०२२ सालमा शिरिषको फूलमा मदन पुरस्कार प्राप्त गरिसकेपछि प्रसिद्धी पाएको बताउनुभयो । बहुआयामिक व्यक्तित्व पारिजातले कृतीका कारणले संसारभर चिनिने बताउनुभयो ।
आख्यान सङ्गोष्ठीमा प्रा डा दयाराम श्रेष्ठले वर्तमान नेपाली कथाले पहिल्याएका बाटाहरूको कायपत्र प्रस्तुत गर्नुभएको थियो भने वरिष्ठ चिन्तक निनु चापागाईले टिप्पणी गर्दै साहित्य सदन नेपालले आख्यान विमर्श चलाएर धेरै महत्वपूर्ण कार्यक्रम गरेको बताउनुभयो । उहाँले यस्ता आख्यान विमर्श गहनताका साथ हुनुपर्ने बेलामा खरेडी लागेकोले सदनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उपप्राध्यापक निग्मना घिमिरेले वर्तमान नेपाली उपन्यासका प्रवृत्तिमाथि लेखिएका कार्यपत्र पढेर सुनाउनुभएको थियो भने कार्यपत्रमाथि प्रा.डा. रमेशप्रसाद भट्टराई र कार्यक्रमका टिप्पणी गनुर्भएको थियो ।

सो आख्यान विमर्श सङ्गाेष्ठीमा साहित्यकार तथा पूर्व मन्त्री शान्ता मानवी, प्रा. डा. जीवेन्द्रदेव गिरी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव जगतप्रसाद उपाध्याय, प्रा. डा. रामप्रसाद ज्ञवाली, प्रा. कोशराज न्याैपाने, प्रा. सुरेश ढकाल, प्रगतीशिल लेखक संघका अध्यक्ष डा. मधुसुदन गिरी, प्रा. सिजर्ना शर्मा डा. देवकी आचार्य, अरूणिमा शैक्षिक प्रतिष्ठानका इश्वरी लामिछाने, भीमानन्द ढुङ्गाना, प्रा डा कृष्णप्रसाद न्याैपानेलगाएतका विशिष्ठ व्यक्तित्वहरूका साथै कथा, उपन्यासका सर्जक तथा समालोचकहरू, निकटवर्ति साहित्यक संस्थाका अध्यक्षहरू, अभिनवका वेदमणि, कपन साहित्य समाजका गणेश मिश्र, घुम्तीका माधव श्रेष्ठलगायतको व्यापक उपस्थिति थियो ।

Exit mobile version