काठमाडौँ, १० वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताउनुभएको छ । ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेता कर्माचार्य क्रान्ति र आन्दोलनका निम्ति सकारात्मक वातावरण बनाउने राजनीतिक अभिभावक भएको बताउनुभयो । “उहाँको नाममा ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ स्थापना भएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “कर्माचार्यको सम्मान र सम्झनामा ललितपुरको महालक्ष्मीस्थानमा ‘नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय’ स्थापना भएको छ ।
