JanaKura

मुख्यमन्त्री महराले गरे मनिराज डंगोल लिखित’बुद्धको कर्मवाद तथा चौथो”स”को बिमोचन

 काठमाडौं ९ बैशाख  /‘सत्य र विकासलाई समष्टिमा बुझ्न सक्ने गरि २१ औं शताब्दीका जनता हामी सक्षम हुनु जरुरी छ ‘भन्ने मुल सन्देश दिदै सम्पदा अभियन्ता तथा नेकपा एमाले काठमाडौं जिल्ला सदस्य मनिराज डंगोलद्वारा लेखिएको “बुद्धको कर्मवाद तथा चौथो “स”नामक तेस्रो संस्करणको पुस्तकको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय जोगबहादुर महराले एक कार्यक्रमका बिच बिमोचन गर्नुभएको छ।

बुद्धको कर्मवाद नै किन ? भन्ने प्रश्नलाई प्रष्ट्याउदै लेखक मनिराज डंगोलले भन्नुभयो। ” हामी फूट र अनेकताको बाटोलाई छोडेर एकता, स‌द्भाव, मैत्री र प्रगतिको बाटो समातौ र बुद्धको अष्टाङ्ग मार्ग र पञ्चशीलमा आधारित कर्मवाद बुझी आफ्नो कर्म र आचरणलाई सफा गरौं । यसरी मात्र हामीले श्रम र उत्पादनसङ्ग समाजलाई जोड्न सक्छौं र सिङ्गो समाजकै समृद्धितर्फ पाइला चाल्न सक्छौ । उत्पादनबाट सम्बन्ध विच्छेद भएको फूटको राजनीति र निरर्थक गोटीचालबाट मुक्तभई कदम मिलाएर समृद्ध नेपाल सुखी नेपालीको महा अभियानमा सङ्गै अगाडि बढौं । यसोभएमा गलत तत्व र अस्वस्थ चिन्तनहरू आफै पाखा लाग्छन् ।” – भन्ने उहाँको भनाइ थियो ।

यो मनिराज डंगोलको १७ औं कृति हो ।

प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय जोगबहादुर महराले कर्मवाद शब्दमै प्रष्ट छ मान्छे के भन्छ त्यो ठुलो कुरा होइन ,मान्छेले के गर्छ त्यो हेर्ने कुरा हो, मान्छेले ठुला सपनाहरु कल्पनाहरु सोचहरु र चिन्तन गर्ने कुराहरु हुन्छन् , तर एउटा पक्ष सोच र परिमाण अर्कै पक्ष भैदिन्छ। मान्छे सहि सोचेको हुन् सक्छ तर त्यो सोच अनुसार काम गर्दाखेरी परिमाण गलत देखियो भने त्यो सोच गलतमा परिणत हुन्छन् त्यसैले हरेक चिजको सहि या गलत नाप्ने कसि भनेको कर्म हो । त्यसैले हामीले कस्तो खालको कर्म गर्याैं । यस्मा धेरै राम्रा शिक्षाहरु , बिचारहरु र ब्याख्याहरु आएका छन् ।हामी सबैले पढाैं र जिवन व्यबहारमा लागु गरौं । मान्छेले धेरै राम्रा कुराहरुको अध्ययन गरेका हुन्छन् तर त्यो अध्ययनमा मात्रै सिमित हुन्छन् ।त्यस्को खासै अर्थ हुदैन । ज्ञान दिनु एउता कुरा हो।त्यो भन्दा महत्त्वपूर्ण कुरा भनेको व्यवहारमा परिणत गर्नुकाे ठुलो अर्थ राख्ने धारणा राख्नुभयो।

लेखकले एउटा कम्यूनिष्ट पार्टीको कर्मठ कार्यकर्ता र नेपालको आर्थिक सामाजिक एवम साँस्कृतिक सम्पदाहरूको अध्येता समेत भएकोले नेपालको सन्दर्भमा चौथो “स” लाई समृद्विको रूपमा व्यख्या गर्नु भएको छ । साथै त्यस्तो समृद्धि हासिल गर्नको लागि नेपालको कम्यूनिष्ट पार्टीको एतिहासिक पृष्ठभूमिमा पाटीका संस्थापक नेता कमरेड पुष्पलालको तीन “स” को आधारशिलामा गरिएको विष्लेषण नेकपा (एमाले) को सैद्धान्तिक स्पष्टता र सक्षम नेतृत्वको कारण समृद्धि अभियानको नेतृत्व नेकपा (एमाले) ले गनुपर्छ भन्ने विचार राख्नुभएको छ । भने पुस्तकमा बुद्धको कर्मवादसंग सम्बन्धित दर्शन देखि परंपरागत राजनिती नै समृद्धिको बाधक र उद्योग व्यवसायीको चिन्तन लगायत मुल विषय बनाएर बुद्धको कर्मवादमा लेखक मनिराज डंगोलले केलाएका छन् ।

गत मंसिर महीनामा नेपाल कम्यूनिष्ट पार्टी एमालेद्वारा नेपाल सम्वत् ११४४ न्हुदँया भिन्तुनाको अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा एमाले काठमाडौं जिल्ला सदस्य मनिराज डंगोलद्वारा लेखिएको “बुद्धको कर्मवाद तथा चौथो “स”नामक प्रथम संस्करणको पुस्तकको नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले  बिमोचन गर्नुभएको थियो ।

 

लेखक तथा नेकपा एमाले काठमाडौं जिल्ला सदस्य मनिराज डंगोलको अध्यक्षतामा भएको कार्यक्रममामा टाेखा नगरपालिका वडा ६ का वडाध्यक्ष शान्ता खनाल पौडेलले शुभकामना साथै धन्यवाद सहित समापन गर्नुभएको थियो । श्री इन्द्रायणी दापा खलले बासुरीको मंगलधुनद्वारा शोभनीय बनाएको कार्यक्रममा पर्यटन विद आलोक प्रसाईले उद्घोषण गर्नुभएको थियोे । ’बुद्धको कर्मबाद तथा चौथो”स”को बिमोचन कार्यक्रममा लेखकका जेष्ठ नागरिक बुबा आमा,बिशिस्ट अतिथि टाेखा नगरपालिका वडा ६ का वडाध्यक्ष शान्ता खनाल पौडेल ,अतिथि टाेखा नगरपालिका वडा ६ सदस्य चन्द्र श्रेष्ठ र अतिथि टाेखा नगरपालिका वडा ३ का सदस्य हरिकृष्ण श्रेष्ठ,अतिथि त्रिविका प्रा.बाबुलाल भण्डारी , गोसाइँकुण्ड खानेपानी कम्पनीका पदाधिकारी लगायतको उपस्थिति थियोे ।

 

Exit mobile version