JanaKura

बाल अधिकारसम्बन्धी उच्चस्तरीय संवाद सम्पन्न

काठमाडौं,वैसाख । बाल अधिकारसम्बन्धी महासन्धिकाे सञ्चार प्रकृयासम्बन्धी तेस्रो ईच्छनधीन आलेख सम्बन्धमा उच्चस्तरीय संवाद सम्पन्न भएकाे छ ।राष्ट्रिय मानव अधिकार आयाेग र रेटिफाई ओपिथ्रि काेलिसन नेपालकाे संयुक्त आयाेजनामा तेस्रो ईच्छनधीन आलेख सम्बन्धमा उच्चस्तरीय संवाद सम्पन्न भएकाे हाे ।

सम्पन्न संवादमा महिला तथा सामाजिक मामिलासम्बन्धि संसदीय समितिका सभापति किरण कुमार शाहले आलेखकाे अनुमाेदन गर्ने अवसर हाम्रै नेतृत्वमा हुनुपर्ने बताउनु भयाे ।कार्यक्रममा सह-प्राध्यापक कपिल अर्यालले आलेखकाे संक्षिप्त प्रस्तुतिका साथै हालसम्मकाे प्रगति प्रस्तुत गर्नुभयाे भने अधिकारकर्मी गाैरी प्रधानले अब याे आलेखकाे अनुमाेदनलाई कसैले राेक्न नसक्ने र यसकाे लागि सबै निकायमा आफु पुग्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।कार्यक्रममा संयुक्त राष्ट्रसंघीय बाल अधिकार समितिका अध्यक्ष आन स्केल्टन र चाईल्ड राईट्स कनेक्टका एलेक्स कन्टेले प्रस्तुतिकरण गर्दै नेपाल सरकारलाई याे आलेख अनुमाेदनकाे लागि आग्रह गर्नुभयाे ।

कार्यक्रममा बाेल्दै आयाेगका सदस्य लिली थापाले आयाेगले यस प्रकृयामा सक्दाे सहजीकरण गर्ने बताउनुभयाे । आयाेगका अध्यक्ष तप बहादुर मगरले आलेख अनुमाेदनकाे लागि प्रकृया प्रारम्भ गर्नुपर्ने र त्यसमा आयाेगले सहकार्य गर्ने बताउनुभयाे ।

सञ्जालका संयाेजक डा. कृष्ण सुवेदीले सबैकाे साथ र सहकार्यले याे अभियानलाई साकार रुप दिने बताउनुभयाे । कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव अरुणा जाेशी, राष्ट्रिय बाल अधिकार परिषदका राम बहादुर चन्द, नागरिक समाजका रविन नेपाली, दिल ऐर, प्रदिप कुमार लामिछाने लगायतले आफ्नाे मन्तव्य राख्नुभएकाे थियाे ।

Exit mobile version