JanaKura

जितेन्द्र रसिकलगाएतका तीन सर्जकहरूका तीन कृति लोकार्पण

भक्तपुर, १ बैसाख । साहित्यकार तथा पत्रकार जितेन्द्र रसिकलगाएतका तीन जना सर्जकहरूका तीन कृति लाेकार्पण गरिएकाे छ । शुक्रबार सूर्यविनायकस्थित थापा पार्टीप्यालेसमा एक कार्यक्रम गरी तीन सर्जकका तीन कृति एकसाथ लाेकार्पण गरिएकाे हाे । वरिष्ठ संस्कृतिविद् तथा निवन्धकार तेजेश्वरबाबु ग्वंगद्वारा लेखिएकाे ‘संस्कृतिका आयाम’ निबन्धसङ्ग्रह नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीद्वारा लेखिएकाे ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ निबन्धसङ्ग्रह र पत्रकार तथा साहित्यकार जितेन्द्र रसिकद्वारा लेखिएकाे ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) सहित ३ साहित्यिक कृति एकसाथ लोकर्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला लगायतले कृति लोकर्पण गर्नु भएको हो । कृति लोकार्पण गर्नुहुँदै पूर्वकुलपति काइँलाले तीनै सर्जककाे कृतिले नेपाली वाङ्मय क्षेत्रमा महत्त्वपूर्ण याेगदान राखेकाे बताउनु भयाे ।

कार्यक्रममा ‘संस्कृतिका आयाम’ निबन्धसङ्ग्रहका लेखक तथा वरिष्ठ संस्कृतिविद् तथा निवन्धकार तेजेश्वरबाबु ग्वंगःले लेखन र जीवनकाे अर्थवाेध बारे प्रकाश पार्नु भयाे । त्यस्तै ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ निबन्धसङ्ग्रहका लेखक तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले अब आफु निरन्तर लेखनमा सक्रिय हुने र चाडै आफ्नाे जेल जीवनकाे संस्मरण तयार गर्ने बताउनु भयाे । ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) का लेखक जितेन्द्र रसिकले तेजेश्वरबाबु ग्वंगः अधिक चेतनाकाे खानी भएकाे र जीवनी कृति याे युगकाे एक दस्तावेज भएकाे बताउनु भयो। तीनैजना सर्जकको कृतिको समिक्षा क्रमस, तेजेश्वरबाबु ग्वंगःकृत ‘संस्कृतिका आयाम’ निबन्धसङ्ग्रह)को प्रा.डा. कुमार कोइराला, गंगाप्रसाद उप्रेतीकृत ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ निबन्धसङ्ग्रहकोडा. गीता त्रिपाठी र जितेन्द्र रसिककृत ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) को समिक्षक तथा साहित्यकार गोपीकृष्ण ढुंगाना र प्रा.डा. कुमार कोइराले गर्नु भयो ।

तीनै कृति माथि समिक्षकहरुले चर्चा गर्नु भयो । शमि साहित्य प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका कार्यकारी प्रमुख डोलिन्द्रप्रसाद शर्माले नेपाली भाषा, साहित्य, कला, संस्कृति, सम्पदा क्षेत्रका कृति प्रकाशनका क्षेत्रमा यी तीनैवटा कृति प्रकाशन गरी पुनः शमी साहित्य प्रतिष्ठानका माध्यमबाट सक्रिय भएर नेपाली वाङ्मयमा योगदान दिन सक्रिय हुँदै अगाडि बढ्ने बताउनु भयो । प्रतिष्ठानले नियमित प्रदान गर्दै आएको ‘शमी साहित्य साधना सम्मान’ लगाएतका सम्मान तथा पुरस्कार पनि छिट्टै घोषणा हुने पनि शर्माले बताउनु भयो । तीनैवटा कृतिको मूल्य क्रमस ४९५/-, ३९५/- ५५०/- रूपैयाँ रहेको छ । संस्कृतिका आयामकाे आवरण तश्विर रामगाेपाल तमखु, र लेआउट रश्मि खागी र भाेला महर्जनकाे रहेकाे छ भने ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरू’ र ‘युगकाे तेज’ काे आवरण तथा लेआउट पनि भाेला महर्जनकै रहेकाे छ । कृतिहरु शमि साहित्य प्रतिष्ठानले प्रकाशन गरेका हुन् ।

Exit mobile version