• 2024-04-04

काठमाडौं  चैत्र २२ । नेपाल स्काउटको बागमती प्रदेशका नवनियुक्त आयुक्तहरुले शपथ ग्रहण गरेका छन् । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सभाहलमा सामाजिक विकास मन्त्री कुमारी मोक्तानको सभाध्यक्षता तथा नेपाल स्काउट राष्ट्रिय आयुक्त महेन्द्रराज रञ्जीतको प्रमुख आतिथ्यमा पद तथा गोपनीयताको शपथ ग्रहण भएको हो ।कार्यक्रममा पहिलो चरणमा राष्ट्रिय आयुक्त महेन्द्रराज रञ्जीतले नेपाल स्काउट बागमती प्रदेश स्काउटको प्रमुख स्काउट तथा परिषद्को अध्यक्ष हुने व्यवस्था अनुशार सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई बागमती प्रदेश स्काउट अध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । शपथ ग्रहण पश्चात मन्त्री मोक्तानले प्रदेशका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो। यस्तै हेटौंडा उपमहानगरपालिकाका निर्वाचित स्थानीय परिषद्का सदस्यहरुको शपथ ग्रहण भएको छ । स्थानीय परिषद्का सदस्यहरुलाई बागमती प्रदेशका आयुक्त शिवकुमार त्वायनाले शपथ ग्रहण गराउनु भयो ।

स्थानीय परिषद्का सदस्यलाई नगर प्रमुखले नियुक्ती तथा शपथ गराउनु पर्ने प्रावधान भए तापनि हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले निवर्नचन भएको दुुई महिना भई सक्दा पनि शपथ गराउनु भएन । नगरप्रमुखले शपथ ग्रहण गराउनु विपरित स्काउटमा विवाद भएको भन्दै विवाद मिलाउने नाममा निर्वाचित स्काउटका पदाधिकारीलाई बेवास्ता गर्नुभएपछि स्काउटको विधानअनुसार प्रदेश आयुक्तले पालिकाका आयुक्त तथा सदस्यलाई सपथ गराउनुभएको हो । कार्यक्रममा सामाजिक विकास मन्त्री मोक्तानले बागमती प्रदेशमा स्काउटको आफ्नै भवन बनाउन प्रदेशले सहयोग गर्ने बताउनुभएको छ । स्काउट हरेक विद्यालयको विद्यार्थीसम्म पुग्ने भएकाले मन्त्रालयले सहयोग गर्ने विश्वास दिलाउनुभयो। केन्द्रीय आयुक्त रञ्जीतले १२ वर्षपछि प्रदेशमा आधिकारिक रुपमा जिल्ला विघठन भए पछिको पहिलो निर्वाचित नेतृत्व पाएको बताए। स्काउटले स्वयम्सेवकको भूमिकामा काम गर्दै आएको बताउँदै सन् २०३२ सम्ममा ७ लाख स्काउट सदस्य पुर्याउने दिर्घकालीन लक्ष्य अनुरुप विद्यालयमा स्काउट संचालन गर्ने बताए।

 

स्काउटले मानिसहरुमा आत्मानुशासित बनाउने र विपदको समयमा खोज उद्दारमा स्ंवसेवी भई कार्य गर्नेमा जोड दिए। स्काउटले आगामी दिनमा प्रदेशमा मुख्यमन्त्रीसँग बालबालिका कार्यक्रम, स्काउट आधारभुत तालिम, विपद् व्यवस्थापन तालिम तथा परिचालन स्काउट स्वयम्सेवक परिचालन, विद्यालय केन्द्रीत स्काउट अभिमुखीकरण तालिम, सम्पदा संरक्षणमा युवा स्काउट कार्यक्रम, सामुदायिक विद्यालयहरुमा स्काउट शिक्षा संचालन खर्च, विपन्न स्काउट विद्यार्थीलाई स्काउट पोशाक वितरण लगायतका विभिन्न कार्ययोजना रहेको प्रदेश स्काउटले जनाएको छ ।शपथग्रहण कार्यक्रममा मध्यपृतना हेटौंडाका प्रमुख सेनानी रञ्जन कुमार कार्की, बागमती प्रदेश कार्यालय हेटौंडाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, नेपाल स्काउटको राष्ट्रिय परिषद् सदस्य अतिथि अशोक सारु मगर लगायत स्काउटर, मन्त्रालय परिषदका व्यक्तित्वहरुको उपस्थित रहेको थियो।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै