JanaKura

मूर्तिकार बिष्णु प्रसाद श्रेष्ठ सम्मानित

काठमाडौं १७ चैत / इलाम साहित्य महोत्सव २०८० को अवसरमा इलाम नगरपालिकाले मूर्तिकार बिष्णु प्रसाद श्रेष्ठलाई सम्मानित गरेको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटनका लागि साहित्य” भन्ने नाराका साथ थालिएको इलाम नगरपालिका, नगर साहित्य कला संगीत प्रतिष्ठान इलाम र इलाम साहित्य समाजको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा शनिबार सम्पन्न इलाम साहित्य महोत्सवका अवसरमा मूर्तिकार बिष्णु प्रसाद श्रेष्ठ उहाँलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र इलाम नगरपालिकाका मेयर केदार थापाले सम्मानित गर्नु भएको हो ।

सम्मानित मुर्तीकार विष्णुप्रसाद श्रेष्ठ इलाम नगरपालिका वार्ड नं. २ इलाम वि.सं. २०३९ आश्विन १७ मा इलाम नगरपालिका वडा नं. ९ साजबोटेमा श्री माईप्रसाद श्रेष्ठ र श्रीमती कृष्माकुमारी श्रेष्ठको सुपुत्रको रुपमा जन्मनु भई विद्यालय अध्ययनसँगै मूर्तिकला क्षेत्रमा समर्पित भई मूर्तिकला विषयमा उच्च शिक्षा लिई नेपाली मूर्तिकलाको उन्नयनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ र उहाँ हाल मूर्तिकलाको अध्ययन अनुसन्धान समेत गरिरहनु भएको साथ अनेकौ पटक मूर्तिकलाको प्रदर्शनी गराएर आफ्‌ना कनिष्ठ मूर्तिकारहरुलाई समेत उत्प्रेरित गराउन यहाँले योगदान पु-याउनु भएको भन्दै नेपाली मूर्तिकला क्षेत्रको विकासका लागि पु-याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै इलाम साहित्य महोत्सवको तेस्रो संस्करण, २०८० को अवसरमा धन्यवाद तथा बधाई ज्ञापन सहित उक्त सम्मान पत्र प्रदान गरेको हो।

 

यसैगरी सो कार्यक्रममा मूर्तिकार विष्णुप्रसाद श्रेष्ठ सहित साहित्यकार राधेश्याम लेकाली र कलाकार कोमल निरौला तीनैजनालाई नगद पन्ध्र हजार राशिसहित इलाम नगरपालिकाले सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको हो । कार्यक्रममा इलाम नगरपालिका नगर प्रमुख केदार थापा,इलाम नगरपालिकाका उप प्रमुख विष्णुकु‌मारी लिम्बु दाहाल ,इलाम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्का लगायतको सहभागिता रहेको थियो ।

Exit mobile version