JanaKura

ज्यापु संस्कृति विकास कोषद्वारा सम्पदा संरक्षण गुठी चाैतारालाई वाद्यवादनका सामाग्री सहयाेग

प्रशिक्षण श्रीहरि भजन (मृदङ्ग) सुनाकाेथीकातर्फबाट प्रदान गरिएकाे हाे। गुथिका अध्यक्ष रविन्द्र श्रेष्ठकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न वाद्यवादनका सामाग्रीहरू हस्तान्तरण गर्नुभएकाे कार्यक्रममा सिन्धुपाल्चाेककाे पुरानो बजार चाैताराका सिन्धु नेवा: खल, म्हसिका पुच:, भिन्तुना आमा समूह र ज्याेतिष परिषद्का पदाधिकारीका साथै स्थानीयहरूको बाक्लाे उपस्थिति रहेको थियो। स्थानीय सम्पदा संरक्षण गुठीको आयोजनामा भएकाे कार्यक्रममा, विभिन्न वाद्य वाधनका सामाग्रीहरू हार्माेनियम थान २, तबला २ सेट, पश्चिमा २ सेट, झ्याली ५ सेट, मादल ठूलाे सानाे गरी २ थान, ताँ १ सेट प्रदान गरिएकाे थियाे ।

 

कार्यक्रममा काेषका उपाध्यक्ष सन्त कुमार महर्जनले चाैतारामा नेवाः संस्कृतिकाे पुनराेत्थानमा सहयाेग पुर्याउन सकेकाेमा खुशी व्यक्त गर्नुभयाे। उहाँले संस्कृति सम्वर्द्धनमा ज्यापू संस्कृति विकास काेषले सिन्धुपाल्चाेकसम्म गएर नि:शुल्क बाजा वितरण गरेर संस्कृतिकाे जगेर्ना गर्न संस्थाले सहयोग पुर्याएकाे बताउनुभयाे । उहाँले श्रीहरि भजन (मृदङ्ग) सुनाकोठीका तर्फबाट नि:शुल्करूपमा भजन प्रशिक्षण प्रदान गरिने पनि बताउनुभयाे । सम्पदा संरक्षण गुठी चाैताराका अध्यक्ष रविन्द्र श्रेष्ठले नि:शुल्क बाजा ग्रहण गर्दै २०७२ साल बैशाख १२ गतेको भूकम्पले विनाश गरेको चौताराको कृष्ण मन्दिरमा पुनः भजन शुरु गर्न स्थानीयवासीलाई नि:शुल्करूपमा भजन प्रशिक्षण शुरु गरिएको बताउनुभयाे । उहाँले सुनाकोठीका प्रशिक्षकद्वय सुरेन्द्र महर्जन र उमेश महर्जनका साथमा भजन प्रशिक्षणमा स्थानीयहरूले लाभ लिन आग्रह गर्नुभयाे । उहाँले भूकम्पपछि चौताराको कृष्ण मन्दिरमा टुटेको भजन संस्कृतिलाई निरन्तरता दिन उपयोगी हुनेमा स्थानीयले आशा व्यक्त गरेकाेपनि बताउनुभयाे ।

 

कार्यक्रममा म्हसिका पुच:का उपाध्यक्ष गुणकेशरी श्रेष्ठले सम्पदा संरक्षण गुठी चाैताराका अध्यक्ष रविन्द्र श्रेष्ठकाे अग्रसरतामा नि:शुल्करूपमा बाजा तथा भजन प्रशिक्षण प्रदान गर्नुभएकाेमा खुसी ब्यक्त गर्नुभयाे उहाँले स्थानीय नेवाहरूमा भाषाकाे ज्ञानमा कमी भएका कारण ज्यापु संस्कृति विकास कोषलाई भाषा प्रशिक्षणका लागि पनि आग्रह गर्नुभयाे । म्हसिका पुच:का अध्यक्ष सिता श्रेष्ठ कसजुले चाैतारामा नि:शुल्करूपमा पाएकाे बाजा तथा भजन प्रशिक्षणले स्थानीय भजन संस्कृतिलाई अझ उचाइमा पुर्याउन सकिने बताउनुभयाे । कार्यक्रमले भूकम्पपछि चाैताराकाे कृष्ण मन्दिरमा टुटेकाे भजन संस्कृतिलाई निरन्तरता दिन उपयाेगी हुनेमा स्थानीयले आशा व्यक्त गरेका छन्। कार्यक्रम सम्पदा संरक्षण गुठीका अध्यक्ष रविन्द्र श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

( फाेटाे फिचर )

 

 

                                 

 

                                     

Exit mobile version