महाशिवरात्रीको अवसरमा आर्ट बुमको आयोजनामा ‘शिव’ शिर्षकका कला प्रदर्शनी सुरु ( फाेटाे फिचर )
काठमाडौं २६ फागुन / महाशिवरात्रीको अवसरमा आर्ट बुमको आयोजनामा ” शिव” शीर्षकमा कला प्रदर्शनी आयोजना गरिएको छ। कला प्रदर्शनीको प्रमुख अतिथी प्रदेश सभा सदस्य माननीय शैलेन्द्रमान बज्राचार्यले उद्घाटन गर्नुभयो । महाशिवरात्रि पर्वको अवसरमा ‘शिव ‘ शिर्षकका कला प्रदर्शनीमा सहभागी कलाकारहरुलाई प्रमुख अतिथी प्रदेश सभा सदस्य माननीय शैलेन्द्रमान बज्राचार्यले प्रमाणपत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो । शुक्रबार देखि काठमाडौंको ठमेल स्थित होटेल आर्टस् ग्यालरीमा दिउँसो ३:०० बजे देखि सुरु भएको “शिव’ शीर्षकमा कला प्रदर्शनी आगामी चैतको पहिलो हप्ता सम्म प्रदर्शनी हुनेछ।
कला प्रदर्शनीमा यसपटक १९ जना कलाकारले सृजना गरेका शिव शिर्षकका २१ कला प्रदर्शनी राखिएको छ।प्रदर्शनीमा कलाकार चिरञ्जीवी भट्ट,दिनेश शाक्य ,किपा राणा,मलिका उदास,सुष्मा राजभण्डारी,मिन रत्न बज्राचार्य,मदन श्रेष्ठ,ओम प्रकाश गुरुङ,जुजुकाजी श्रेष्ठ {प्रभात },प्रकाश मानन्धर,जीवन चौहान,प्रकाश मिजर,राजु पिठाकोटी,रत्न शाक्य,रुषा बज्राचार्य,सजिता श्रेष्ठ,सानुराज डंगोल,बिकेश घिमिरे लगायत कलाकारका कला समावेश गरिएको छ। शिव ‘ शिर्षकका कला प्रदर्शनीका प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य माननीय शैलेन्द्रमान बज्राचार्यले सहभागी कलाकारहरुलाई बधाई तथा शुभकामना मन्तव्य राख्नुहुदै आफू पनि कलाकार भएकोले नाताले यस्तो कार्यक्रममा आफु सहभागी हुँदा भावुक हुने गरेको बताउनुभयो । उनले समाज रुपान्तरण गर्न ललितकलाको भूमिका महत्वपूर्ण योगदान रहेकोले सोही अभियानका साथ आफूहरुले ललितकलाको लागि काम गर्न थालेको सुनाउँदै समाज जगाउने काममा कला र कलाकारको भूमिका विशिष्ट रहेको बताउनुभयो ।उनले बागमती प्रदेशको तल्लो तहसम्म पुगेर त्यहाँ रहेका कलार कलाकारलाई माथि उठाउने योजनाका साथ आफूहरुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उनले स्थानीय कला प्रदेश हुँदै केन्द्र र अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने तथा अन्तर्राष्ट्रिय कलालाई केन्द्र हुँदै प्रदेश अनि स्थानीय तहमा ल्याउने गरी बागमती प्रदेश सरकारले कामसमेत गरिरहेको बताउनुभयो ।
यससँगै विगत ४ वर्षदेखि विभिन्न नेपाली उत्सवहरु सम्बन्धि पर्वसंगको शिर्षकमा हाल सम्म यो प्रदर्शनी सहित ११ वटा कला आयोजना भएको आर्ट बुमका प्रमुख रत्न शाक्यले बताए। शिव” शीर्षकमा कलाका आयोजक आर्ट बुमका प्रमुख रत्न शाक्यले २०२० को कोभिडको बेला ११ जना साथीहरूबाट बनेको यो समूह आज चौथो वर्ष पुग्दा करिब ११ औ पटकको कला प्रदर्शनी गर्न पाउदा आफू गौरवान्वित भएको बताउनुभयो ।कला प्रदर्शनीको उद्देश्यमाथी प्रकाश पार्दै प्रमुख शाक्यले फरक काम फरक तरिका फरक विचार भएका सृजनशील साथीहरूको यो आर्ट बुमको मुख्य उद्देश्य कला र सृजना प्रति काम गर्नु हो र उत्साही भएर निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बिशिस्ट अतिथि कलाकार तथा प्राध्यापक राधेश्याम मुल्मीले आज शिव भगवानको दिन उहाँकै महिमा गुणगान गरी उहाँकै कला सृजना गरी १९ जनाप्रतिभाशाली कलाकारहरूको सक्रिय उपस्थितिमा शिव ‘ विषयमा कला प्रदर्शनी आयोजना गरी शिवरात्री जस्तो महान पवित्र दिनको उत्सव मनाउने जमर्को गर्नुहुने सहभागी सम्पुर्ण कलाकारहरु प्रती हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
बिशिस्ट अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिस्ठान प्राज्ञसदस्य सुष्मा राजभण्डारीले कलालाई कलाकारले धमाधम अझ निखार्दै लैजानु पर्नेमा जोड दिनुहुदै उहाँले अन्तर्राष्ट्रिय महिला दिवस तथा महाशिवरात्रीको एकै दिन जुताएर गरिएको पवित्र दिनमा देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नारीहरुमा ‘अन्तर्राष्ट्रिय नारी दिवस’ को शुभकामना दिनुहुँदै ‘शिव’सम्बन्धि आयोजित कला प्रदर्शनीमा कलाकारको रूपमा आफु पनि सहभागी हुन पाउँदा गर्व लागेको बताइन् । बिशिस्ट अतिथि तथा वरिष्ठ फाेटाे ग्राफर मिन रत्न बज्राचार्यले जसरी एउटा कलाकारको लागि रङको सन्तुलन मिलाए कला सृजना गर्नुहुन्छ , त्यसरी नै एउटा फाेटाे ग्राफरले फाेटाेमा पनि प्रकाश र छायाको आत्मविभोरता सधैं खोजिरहने बताउनुभयो। आर्ट बुमका सचिव जुजुकाजी श्रेष्ठ प्रभात र सदस्य सजिता श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।प्रदर्शनीमा आर्ट बुमका प्रमुख रत्न शाक्यले धन्यवाद ज्ञापन गर्नभयो।कला प्रदर्शनीको मिडिया पार्टनरको रूपमा जनकुरा डट कम रहेको छ।
आर्ट बुमले हालसम्म गरेका कला प्रदर्शनी :-
२०२० मा International Virtual Art Exhibition/ यसमा नेपाल लगायत चार देश, २०२१ Second International Virtual Art Exhibition/नेपाल लगायत १६ वटा देश,२०२१ International Kids Art Event and Exhibition , ART CARNIVAL 2022, International Art Workshop and Exhibition 2023, चित्रकला शाला २०२३,Art Exhibition 2023 in title बुद्ध, Art Exhibition of Tirtha man sthapit 2023 in title THE GOLDEN DUST, Art Workshop २०२३ the celebration of new year winter art camp, Art exhibition 2024 in title SHIVA हुन।