• 2024-03-07

    काठमाडौं २४ फागुन। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले बनेको सरकार धेरै समय टिक्न नसक्ने जनाएका छन्। बुधबार भिडियो सन्देश जारी गर्दै थापाले अहिलेको गठबन्धन सरकार दौडने होइन हिँड्न समेत नसक्ने दाबी गरे। उनले भने, ‘यो सरकार आफैँ यसरी बनेको छ कि यो दौडिने त कुरै छोड्नुहोस्, यो हिँड्नै सक्दैन। यो आफ्नै भारीले थिचिन्छ र फतक्क कुहिएर झर्छ।’ नयाँ गठबन्धन सरकार ढलोस् भन्ने पक्षमा आफू नरहेको बताउँदै उनले राम्रो गरोस् भन्ने शुभेच्छा राखे पनि सरकार निर्माणको प्रक्रिया हेर्दा अगाडि बढ्न नसक्ने देखिएको उनको भनाइ छ। थापाले सन्देशमा भनेका छन्,’ महामन्त्री थापाले कांग्रेस नेतृत्वको गठबन्धन भत्किनुको कारण कांग्रेस नभएको दाबी पनि गरे। कांग्रेसले काम गर्न नदिएको, महासमिति बैठकमा व्यक्त विचार र माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धबारे भएको टिप्पणी आदि बहानाबाजी मात्रै भएको उनले जनाए।

    ‘कुनै बेला हाम्रो नेता गिरिजाप्रसाद कोइराला यस्तो खालको सरकार बन्दै गर्दा ‘फु‘ गरेर ढालिदिन्छु भन्नुहुन्थ्यो। म त्यसो भन्दिनँ। किनकि यो सरकार ढल्न फु पनि गर्नु पर्दैन। महामन्त्री थापाले भनेका छन्, ‘गठबन्धन अहिले फागुनमा टुट्यो, फागुनमा नभए चैतमा टुट्थ्यो, चैतमा नभए जेठमा टुट्थ्यो, जेठमा नभए असारमा टुट्थ्यो। त्यसैले कुनै न कुनै बाहना बनाएर आफूलाई केन्द्रमा राखेर माओवादी केन्द्रका नेताले यो दुर्घटनामा लानुहुन्थ्यो। त्यसकारण यसमा अल्मलिनु पर्दैन।’एमालेको दस्तावेजमा समेत माओवादीले चाहे जस्तो भाषा र शब्दहरु नरहेको उल्लेख गर्दै महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको समेत माओवादीलाई हेर्ने दृष्टिकोण उसले चाहेजस्तो नरहेको जनाए। बरु कांग्रेस समेतको गठबन्धनमा निश्चित समयपछि सरकारको नेतृत्व छाड्नुपर्ने भयले माओवादीले नयाँ समीकरण बनाएको उनको भनाइ छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै