• 2024-02-10

    चितवन, २७ माघ । चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

    रौतहटबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएर दुर्घटना भएकाे हो ।

    घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिनुभयो ।

    घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

    बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताउनुभयो ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै