JanaKura

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको हृदयघातका कारण निधन

काठमाडौं, १६ माघ ।  उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको हृदयघातका कारण निधन भएको छ।

न्यायाधीश मरासिनी मंगलवार बिहान घरमा बसिरहेका बेला स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएकाे थियो।

उहाँकाे कलङ्कीस्थित नेपाल नेश्नल अस्पतालमा उपचारका क्रममा बिहान १० बजे निधन भएको
पाटन उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिनुभयाे।

५६ वर्षीय उनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालतमा हाजिर भएका थिए।

Exit mobile version