‘काठमाडौं २ माघ : कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रीटेक’ आगामी माघ १२ गतेदेखि आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स, फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स र एक्जीविजन एण्ड ट्रेड सर्भिसेस् इन्डियाले संयुक्त रुपमा यो प्रदर्शनी गर्न लागेका हुन् । सो प्रदर्शनी माघ १२ गतेदेखि १४ गतेसम्म आयोजना हुनेछ । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था भएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका एक सय भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएको छ । प्रवर्द्धकको रुपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको रुपमा मुक्तिनाथ कृषि कम्पनी तथा सहयोगी संस्थाको रुपमा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ छन् । उक्त प्रदर्शनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रदर्शनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर आयोजकले बिश्वास लिएको छ । उक्त प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।