माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा आठ जना घाइते
काठमाडौँ, १ माघः माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा आठ जना घाइते भएका छन् । टुँडिखेलमा माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको छुट्टा-छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा उनीहरु घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँले नाएका छ ।प्रहरीका अनुसार आज टुँडिखेलमा ठूलो सङख्यामा थारु र मगर समुदायका व्यक्ति माघी मनाउन जम्मा भएका थिए । भीडमा भागदौड हुँदा आठ जना घाइते भएका छन् ।” घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीको भनाइ छ । महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीको भनाइ छ ।