काठमाडौं १७ पौष । नेवाः गुथि तोखाको आयोजना तथा टोखा नगरपालिका, २ र ३ वडा कार्यालय, टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति र टोखा परम्परागत चाकु संरक्षण समाजको सहयोगमा आउदो माघ १ गते घ्यः चाकु सल्हु माघे संक्रान्तीका दिन तोखामा ‘चाकु दिवस तथा बृहत् सम्मान’ कार्यक्रम हुने भएको छ । नेवाः गुथि तोखाको कार्यालयमा बसेको बैठकले ६ वटा बिद्वत बिधामा पुरस्कार प्रदान गरिने नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितले बताउनुभयो । चाकुको नामले प्रसिद्धि कमाएको चाकुको उद्गमस्थल सांस्कृतिक सहर तोखामा माघ १ गते देशै भरी चाकु दिवस उद्घोष गरि थालनी गर्ने उद्देश्यले पनि सो चाकु दिवस तथा बृहत् सम्मान’ कार्यक्रमलाई निरन्तरता दिदै लैजान आवश्यक रहेको गुथिका अध्यक्ष नापितले जाेड दिनुभयो ।
नेवाः गुथि तोखाका महासचिव हेराकाजी डंगोलले नेवाः गुथि तोखासंग सहकार्य गर्दै तोखाको विविध सामाजिक , सांस्कृतिक ,शैक्षिक , खेलकुद , कलाकारितासंग सम्बन्धित रहेर योगदान पुर्याउने वा नव प्रतिभाहरुको हौसला प्रोत्साहनका लागि बिद्वत पुरस्कार/ अवार्ड ६ वटा बिधामा बिद्वत पुरस्कार प्रदान गर्ने उद्देश्यले स्मृति कोष स्वरुप सम्बन्धित परिवारको सहयोगमा २/२ लाखको कोष स्थापना भैसकेको गुथिका महासचिव हेराकाजी डंगोलले जानकारी दिनुभयो । ६ वटा बिद्वत पुरस्कार बिधामा तोखा बाद्यबादन पुरस्कार , तोखा ख्याली हास्य व्यंग्य बिद्वत पुरस्कार, तोखा हस्तकला बिद्वत पुरस्कार,तोखा शिक्षा तथा खेलकुद बिद्वत पुरस्कार, तोखा चतुर्मास दाफा भजन आर्थिक बिद्वत पुरस्कार,तोखा सरसफाइ अभियान बिद्वत पुरस्कार सम्बन्धित लगायत क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई यस वर्ष माघ १ गते घ्यः चाकु सल्हुको दिन पारेर ‘चाकु दिवस तथा बृहत् सम्मान कार्यक्रम नाम दिइचाकु दिवससँगै विद्वत पुरस्कार सहितको कार्यक्रममा सो बृहत सम्मान गरिने नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितले बताउनुभयो ।
६ वटा विभिन्न बिद्वत पुरस्कार बिधामा प्रथम धावक स्व. गजराज जोशीको स्मृतिमा तोखा शिक्षा तथा खेलकुद बिद्वत पुरस्कार, कलाकार स्व. जन्मराज श्रेष्ठको स्मृतिमा तोखा ख्याली हास्य व्यंग्य बिद्वत पुरस्कार, संस्कृतिकर्मी स्व.ज्ञानवीर डंगोलको स्मृतिमा तोखा बाद्यबादन पुरस्कार , संस्कृतिकर्मी स्व. भाजुमान डंगोलको स्मृतिमा तोखा चतुर्मास दाफा भजन आर्थिक बिद्वत पुरस्कार,कर्मशिल हस्त स्व. यचु श्रेष्ठको स्मृतिमा तोखा हस्तकला बिद्वत पुरस्कार र सरसफाइ अभियन्ता शेरबहादुर श्रेष्ठबाट सरसफाइ क्षेत्रमा क्रियाशिल व्यक्ति संस्थालाई तोखा सरसफाइ अभियान बिद्वत पुरस्कार प्रदान गरिने भएको छ। टाेखा नगरपालिका वडा २ स्थित थनेलाछिमा हुन लागेको उक्त कार्यक्रममा ऐतिहासिक टाेखाको कला संस्कृतिलाई मौलिकपना झल्कने स्थल नासपाचा,गोरायख,सपनातिर्थ मन्दिर ,चण्डेश्वरी महादेव , सरस्वती मन्दिर , कुमारीपाती, भख्य भ्यचा:पाती र कोहिती पुर्ननिर्माणमा योगदान पुर्याउनुहुने पुरातत्त्वविदहरुलाई पनि प्रमुखताका साथ सम्मानित गरिने कार्यक्रम रहेको बैठकमा जानकारी दिइयो। उक्त बृहत् कार्यक्रममा स्थानीय गायक गायिकाहरुको गित प्रस्तुतिको साथै विविध सांस्कृतिक कार्यक्रमका साथै चाकु स्टल, घरेलुु हस्तकला स्टल, महिला ढाका सामाग्री लगायत नेवारी खाजा स्टलहरु रहनेछ ।