• 2023-12-23

काठमाडाैं, ७ पुस । काठमाडौं कोलम्बसकाे १३ वर्ष मुनिको दुई दिने अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न भएकाे छ ।

काठमाडौं महानगरपालिका १० , बुद्धनगरस्थित रहेकाे काठमाडौं कोलम्बस स्कुलले भिसिओनोभा बहुउद्देश्यीय कम्पनी र लायन्स क्लब अफ काठमाण्डू सिद्धिविनायकको सहकार्यमा पौष ५ र ६ गते फुटसल प्रतियोगिता आयोजना गरेकाे थियाे ।

प्रतियोगितामा काठमाडौं महानगरका विभिन्न विद्यालयका करिब १५ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताकाे समापन कार्यक्रम भिजनोभा मल्टिपर्पजका अध्यक्ष रामकृष्ण तण्डुकार र काठमाडौं कोलम्बस स्कुलका प्रिन्सिपल सञ्जय कुशवाहाको उपस्थितिमा सम्पन्न गरेकाे हाे ।

कार्यक्रममा काठमाडौं कोलम्बस स्कुलकी अध्यक्ष प्रणिमा जोशी, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत विशिष्ट अतिथिहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा दरबार हाई स्कूल, काठमाडौंले प्रथम स्थान हासिल गरेकाे छ भने मानंक चिल्ड्रेन प्याराडाइज स्कूल, पेप्सीकोलाले दोस्रो स्थान हासिल गरेकाे छ । त्यस्तै ज्ञानकुञ्ज हाई स्कूल, रविभवन तेश्रो बनेकाे छ भने एभेन्स स्कुल, सानेपा चौथो स्थानमा रहन सफल भए ।

आयोजक टोली ( काठमाडौं कोलम्बस)ले सहभागी विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै निकट भविष्यमा १६ वर्ष मुनिको फुटसल प्रतियोगिता आयोजना गर्ने आयोजकले जनाएकाे छ ।

 

 

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै