JanaKura

जनकवि दुर्गालाल श्रेष्ठलाई टाेखामा नागरिक अभिनन्दन गरिने

 काठमाडौं पौष /नेपाल भाषा र नेपालीभाषाको साहित्य तथा सांगीतिक क्षेत्रको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्याउनुभएका प्रगतिशील जनकवि दुर्गालाल श्रेष्ठलाई टोखामा नागरिक अभिनन्दन गर्ने भएको छ । न्हुज: खल:न्हुज: पुस्तकालय टाेखाद्वारा उहाँको नेपालभाषाका कालजयी गितहरुका साथ जनकवि श्रेष्ठलाई यही पौष १० गते ‘न्हूजः प्रगतिशील साहित्य पुरस्कार २०८०’ बाट सम्मान सहित टोखामा नागरिक अभिनन्दन गर्न लागेको हो । न्हूज खलःको आयोजना तथा व्यवस्थापनमा हुन लागेको उक्त सम्मान तथा अभिनन्दन कार्यक्रममा श्रेष्ठद्वारा रचित नेपालभाषाका लोकप्रीय गीतहरु जुजुकाजि रञ्जित, पवित्र कसाः, सतिश महर्जन, निशा देशार, रत्न शोभा महर्जन, दिपा महर्जन, सिद्धार्थ श्रेष्ठ ,सुजिता डंगोल र वज्र ट्युन्सले साथै उनीद्वारा रचित गीतहरुमा सांस्कृतिक नृत्यहरुसमेत प्रस्तुत गरिने न्हूज खलःका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । कार्यक्रम पौष १० गते योमरी पुन्हि ज्यापू दिवसका दिन टोखाको थनेलाछीमा १२ बजेदेखि सुरु हुने खलःका अध्यक्ष श्रेष्ठले बताए । प्रगतिशील जनकवि श्रेष्ठको सम्मान तथा अभिनन्दन कार्यक्रमा उपस्थित भई कार्यक्रमको सोभा बढाउन खलःका अध्यक्ष श्रेष्ठले सम्पुर्ण टोखावासीलाई अनुरोध समेत गरेका छन् । साथै कार्यक्रममा श्री इन्द्रायणी दापा खलको पहिलो प्रस्तुति रहेको नेपालभाषाको गित मचाखाचा छें बु : त्वता वयाको समेत बिमोचन हुने बताए।

दुर्गालाल श्रेष्ठ (जन्म जुलाई १९३५) नेपाल भाषा र नेपाली भाषाका एक लोकप्रिय कवि हुन्। उनलाई नेपाल भाषा परिषदले सन् २००३ मा जनकवि उपाधिबाट सम्मान गरेको थियो। उनलाई प्रगतिशील साहित्यकार मानिन्छ। “विगत छ दशकदेखि आफ्नो मातृभाषा (नेपाल भाषा) र नेपाली भाषामा धेरै सुमधुर गीत, कविता, कविता र बालसाहित्य लेखेर नेपाली साहित्यलाई समृद्ध बनाएको” मा उनलाई २०६७ मा  जगदम्बा श्री पुरस्कार प्रदान गरिएको थियो। जनकवि श्रेष्ठका ‘घा जुया जक ख्वइगु ख जि स्यागुलि सः तयगु खः‘मिरिमिरि जःलुल…’,‘राजमति वा मतिना याय वा…’ ‘कान्ही मैचा मंसिर महिना…’,‘हायरे ज्यापुनि तःता…’ फुलको आँखामा फुलै संसार लगायतका गितहरु चर्चित छन् ।दुर्गालाल श्रेष्ठ  अस्सी नाघिसक्दा समेत निरन्तर लेखिरहने वर्तमान युगकै महान नेपाली कवि हुन् ।प्रेमभावका कवितादेखि आध्यात्मिक भावका कविता लेख्ने उनी भाषिक–जातीय आन्दोलनलाई अगुवाइ गर्ने गीत–कविताका तीक्ष्ण सर्जक हुन् । नेपाली साहित्यमा पनि अनेकौं पुरस्कारबाट सुशोभित उनी जनतामाझ जनकवि भनी चिनिन्छन् । दुर्गालाल श्रेष्ठका नेपालभाषाका ५० र नेपालीमा ३० गरी ८० वटा कृति प्रकाशित छन् ।

Exit mobile version