नविना श्रेष्ठ ,पौष ४,२०८०/ नेपाल स्काउट, कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा भएको भेलाले किरण बुढाथोकीको नेतृत्वमा ११ सदस्यीय स्काउट युवा परिषद् चयन गरेका छन्। युवा परिषद्का सदस्यहरुमा विदिशा भट्टराई, निश्चल श्रेष्ठ, तनिस्क थापा, मिलन पुरी, अभिषेक सार्की, नविना मग्रान्ती, रञ्जना राई, जानुका अधिकारी, इन्दिरा खतिवडा र प्रिती साह रहेको छ। तीन दिनसम्म चलेको कार्यक्रममा कोशी प्रदेशका विभिन्न स्थानीय तह र क्र्यूहरुबाट ५३ जना युवाहरुको सहभागी रहेको थियो ।भने मंगलबार सम्पन्न युथ फोरमको समापन समारोहमा नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति सदस्य बिजेन्द्र धोंजू, कोशी प्रदेश तदर्थ समिति संयोजक रवि खनाल, युथ फोरम राष्ट्रिय आयोजना समितिका संयोजक देवराज घिमिरे, राष्ट्रिय प्रशिक्षक नवलप्रसाद उपाध्याय, जिल्ला युवा समिति मोरङका अध्यक्ष सन्तोष घिमिरे, स्काउट सदस्यता वृद्धि अधिकृत सुजित महर्जन, प्रदेश सदस्य हेमन्त भण्डारी लगायतको मन्तव्य राखेका थिए।