• 2023-12-17

काठमाडौं पौष १ : नेपाल हस्तकला महासंघले आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर २८ गतेबाट सुरु भएर भोलि सम्म चल्दैछ । मेला मंसिर २८ गतेदेखि पाँच दिनसम्म काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा अहिले भैरहेको छ । हस्तकला मेलाको यो २०औं संस्करण हो भने हस्तकला प्रतियोगिताको १८ औं संस्करण हो । मेला मंसिर २८ गतेदेखि पुस २ गते (सन् २०२३ को डिसेम्बर १४ देखि १८) सम्म सञ्चालन हुनेछ । नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले वर्षेनी यो मेला आयोजना गर्दै आएको छ । स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई बजारीकरणमा सहयोग पुर्याउने मेलाको लक्ष्य रहेको छ । मेलामा हस्तकलाका वस्तुहरुको करिब १२५ वटा स्टलहरु रहेको आयोजकले जनाएको छ । मेलामा भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका मुलुकबाट पनि सहभागिता रहेको महासंघले जनाएको छ ।

छुटाउनुभयो कि? सबै