काठमाडौँ, २९ मङ्सिर : : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट आज मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनकाे मूल्य भने यथावत रहेको छ ।