बाला चतुर्दशी पर्व देशभरका शिवालयहरुमा शतबीज छरेर मनाइयो।
नविना श्रेष्ठ
मंसिर २५,२०८०/ आज बाला चतुर्दशी पर्व देशभरका शिवालयहरुमा शतबीज छरेर मनाइएको छ। पितृको नाममा पशुपतिनाथमा छरियो शतबीज प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथमा शतबीज छरिएको छ। आइतबार रातभर दीपदान गरी बसेका भक्तजनहरुले सोमबार झिसमिसेमै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन् ।प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन्। पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्छन। शतबीज छर्छन जौँ,तिल,मकै, भटमास, सुन्तला,केरा,धान, गहुँ,गरि सय थरी सामान मिसाएर छर्ने गर्छ। देशैभरिका मानिसहरु पशुपतिनाथ मन्दिर आइपुग्छन्। आ-आफ्नो नजिकका शिवालयमा शतबीज छर्ने चलन रहेको छ।