• 2023-12-08

काठमाडौं २२ मंसिर: ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत /सीईओ पदमा कपिल ढकाल नियुक्त भएका छन् । बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कपिल ढकाललाई नियुक्त गरेको हो ।ढकालको बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव रहेको छ । नव–नियुक्त ढकाल यसअघि ज्योति विकास बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकमा आवद्ध थिए । ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत् बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै