JanaKura

मेस्सी टाइम एथलिट अफ द इयर २०२३ घोषित

एजेन्सी – लियोनल मेस्सी टाइम एथलिट अफ द इयर २०२३ घोषित भएका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले डिसेम्बर २०२२ मा कतारमा तेस्रो पटक फिफा विश्वकप जितेपछि यो पुरस्कार घोषणा गरिएको हो । मेस्सीले टाइमले एथलिट अफ द इयर घोषित हुने पहिलो पुरुष फुटबल खेलाडी बनेर इतिहास समेत रचेका छन् । फ्रान्सविरुद्धको फाइनलमा २ गोलसहित ७ गोल गरेका मेस्सी विश्वकपको प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले विश्वकपको प्रत्येक राउण्डमा गोल गर्दै कीर्तिमान पनि बनाएका थिए । सन् २०१४ मा अर्जेन्टिना जर्मनीसंग पराजित भएको थियो । यद्दपी मेस्सी त्यो विश्वकपमा प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका थिए। विश्वकपको बेला पेरिस सेन्ट जर्मेनमा अनुबन्धित रहेका मेस्सी अहिले अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामी पुगेका छन् छन् । अमेरिकामा पनि आफूलाई आइकनका रूपमा स्थापित गरिसकेका छन् ।

उनले मियामी पुग्ने बित्तिकै प्रभाव पार्दै टोलीको छोटो इतिहासमा पहिलो ट्रफी समेत जिताए । अमेरिकी फुटबलमा ठूलो प्रभावका कारण उनले यो अवार्ड जितेका हुन् । उसले मेजर लिग सकरलाई कुनै खेलाडीले ल्याउन नसकेको स्तरमा विश्वको आँखामा पुर्याएका छन् । अमेरिकाले २०२४ कोपा अमेरिका र २०२६ को विश्वकप आयोजना गर्ने तयारी गरेको अवस्थामा, मेस्सीको मियामी आगमनलाई अमेरिकी खेलकुदको नयाँ युगको उत्प्रेरकको रूपमा हेरिएको छ । २०१९ मा सुरु भएको यस अवार्डमा अमेरिकी महिला फुटबल राष्ट्रिय टोली, लेब्रोन जेम्स, सिमोन बाईल्स र एरन जज पुर्वविजेताहरू रहेका छन् । अक्टोबरमा मेस्सीले कीर्तिमानी आठौं पटक बालोन डी’ओर अवार्ड समेत जितेका थिए ।

Exit mobile version