JanaKura

प्रधानमन्त्री प्रचण्ड आज बेलुकी स्वदेश फर्कनुहुँदै

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बेलुकी स्वदेश फर्किदै हुनुहुन्छ ।

यूएईको दुबईमा आयोजित जलवायु सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन जानुभएका प्रधानमन्त्री प्रचण्ड आज साँझ फ्लाई दुबईको उडानमार्फत् ६ बजे काठमाडौं आइपुग्नु हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते काठमाडौंबाट प्रस्थान गर्नुभएकाे थियाे । उहाँले शनिबार सम्मेलनलाई सम्बोधन गर्दै कोप २८ मा विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताउनुभएकाे थियाे ।

Exit mobile version