नविना श्रेष्ठ
मंसिर १३,२०८० /नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय र नेपाल स्काउट बागमती प्रदेशको आयोजनामा भएको ‘युथ फोरम २०२३’ र ‘स्काउट पिस एण्ड सेक्युरिटी ५ दिने तालिम’ मंगलबार मकवानपुर जिल्ला हेटौँडामा समापन भएको छ । नेपाल स्काउट बागमती प्रदेश संयोजक शिवराम अर्यालको सभाध्यक्षतामा भएको समापन थियो । कार्यक्रममा नेपाल स्काउटका केन्द्रिय संयोजक लोकबहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रदेश युवा स्काउट परिषदको नयाँ कार्यसमिति पनि चयन गरिएको हो।भने भावना शाहको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको छ। कार्यक्रममा राष्ट्रिय युवा मञ्चको सहभागिताको लागि पनि सदस्यहरु चयन गरिएको थियो । कार्यक्रममा नेपाल स्काउटका केन्द्रिय समिति सदस्य विजेन्द्रलाल धोजु, स्काउट बागमती प्रदेश सदस्य अशोक सारु मगर, महेन्द्र राना, मकवानपुर जिल्ला पूर्व आयुक्त बेली थापा, पूर्व जिल्ला समन्वय आयुक्त ध्रुव विष्ट लगायतको आतिथ्यता उपस्थित रहेको थियो । कार्यक्रममा बागमती प्रदेशका १३ वटा जिल्लाका स्काउट सदस्यहरुले सहभागिता जनाएका थिए।