JanaKura

अनुशासित र स्वावलम्बी बनाउने सामाजिक संस्था हो– नेपाल स्काउट

नविना श्रेष्ठ मंसिर १२,२०८० सामाजिक संस्था नेपाल स्काउट किन गतिशील हुन सकेन ? के हो सामाजिक संस्था अनि नेपाल स्काउट ….! यस्तो छ। बालबालिका र युवालाई स्काउट शिक्षाका माध्यमबाट अनुशासित र स्वावलम्बी बनाउने सामाजिक संस्था हो– नेपाल स्काउट । तर पछिल्लो समय राजनीतिक र सरकारी हस्तक्षेपका कारण नियमित निर्वाचन हुन नसक्दा स्काउट गतिशील हुन सकेको छैन । अहिले १२ वर्षपछि स्काउटको निर्वाचन गर्न लागिएका छन्। विद्यालय तहबाटै बालबालिका र युवालाई स्काउटका माध्यमबाट शारीरिक र बौद्धिक विकास गरी अनुशासित र स्वावलम्बी बनाई मुलुकको विकासमा सहभागी गराउने मुख्य काम स्काउटको हो । २००९ सालमा स्थापना भएको नेपाल स्काउट सातै प्रदेश र ३ सय ६५ स्थानीय तहमा पुगेसकेको छ । देशभरमा १ लाखभन्दा बढी स्काउटका सदस्यहरु छन् । अनौपचारिक शिक्षाका माध्यमबाट विभिन्न स्काउटिङ तालिम दिई अनुशासित, योग्य नागरिक उत्पादन गर्ने संस्था राजनीतिक हस्तक्षेपका कारण गतिशील भने हुन सकेको छैन । राजनीतिक र सरकारी हस्तक्षेपकै कारण कहिले नियुक्ति त कहिले विघटन हुँदै आएको स्काउटमा एक दशकदेखि निर्वाचनसमेत हुन सकेको छैन् । २०७५ सालमा नियुक्त भएको नेपाल स्काउट राष्ट्रिय समितिले १२ वर्षपछि निर्वाचन गर्ने निर्णयसहित कार्यतालिका सार्वजनिक गरेका छन्। स्काउट मात्र होइन, नेपाल रेडक्रसलगायतका सामाजिक संस्थासमेत राजनीतिक हस्तक्षेपले आक्रान्त बनेको छ।जसका कारण विपत्तिलगायत सामाजिक गतिविधिमा यस्ता संस्थाको सक्रियतामा कमी आइरहेको हामी देख्न सक्छौं।संस्थालाई राजनीतिक र सरकारी हस्तक्षेपबाट मुक्त गरी निर्वाध सञ्चालन गर्न दिनुपर्ने विज्ञ बताउँछन् । २००९ सालमा स्थापनाका बेला स्काउटको प्रमुख संरक्षक राजा रहने व्यवस्था थियो । भने गणतन्त्रपछि अहिले प्रधानमन्त्री प्रमुख संरक्षक छन् । अनुशासित नागरिक तयार गर्ने स्काउट लगायत सामाजिक संस्था राजनीतिबाट मुक्त गर्न आवश्यक रहेको छ।

Exit mobile version