कन्सोर्टियममा नयाँ नेतृत्व अध्यक्षमा सन्तोष महर्जन चयन
काठमाडौँ, १० मंसिर /कन्सोर्टियममा नयाँ नेतृत्व चयन काठमाडौं : बाल सहभागितामा कार्यरत संस्थाहरूको साझा सञ्जाल (कन्सोर्टियम नेपाल) को २४औं साधारण सभा तथा १०औं अधिवेशनबाट सन्तोष महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । काठमाडौंमा सम्पन्न महाधिवेशनले महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महाधिवेशनबाट उपाध्यक्षमा प्रदीप लामिछाने, महासचिवमा अनिता पाण्डे, सचिवमा निरिजना भट्ट र कोषाध्यक्षमा प्रकाश वसी चयन भएका छन् । यस्तै सदस्यहरूमा स्वस्तिका पोखरेल, अशोक विक्रम जैरू, गंगा गुरुङ, अर्जुन थापा, दिपक शर्मा, दुर्गा पौडेल, संजय कुशुवाहा र रूद्र थेवेका साथै सीआरपीजी संयोजक सरोज आचार्य तथा सह-संयोजक हरिश्चन्द्र घिमिरेलगायत सातै प्रदेश संयोजक, सह-संयोजक सहितको कार्यसमिति चयन भएको छ ।