JanaKura

युवा संघले देश संकटमा परेको बेला काँध थाप्ने हामी छौं है भनेर बोल्यो, धन्यवाद :अध्यक्ष ओली

काठमाडौं । शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने र त्यसबारे केही भन्नु नभएको जनाए ।युवा संघले बिहीबार गरेको प्रदर्शन झलक मात्र भएको भन्दै उनले ठूलो आन्दोलनका लागि तयार रहन आग्रह गरे । ‘प्रतिक्रियावादीहरुले चुनावमा भेट हुने भन्छन् भने भेटौं । सडकको मैदानमा भेट हुने भन्छन् भने ठिक छ, सडकमै भेटौं’ एमाले अध्यक्ष ओलीले भने, ‘दिन र ठाउँ तोकेर भेट्न तयार छ युवा संघ ।’तर नेपालमा जनताले राजतन्त्र काम लाग्दैन भनेर फालेको  ‘कठैबरी, नागरिक सर्वोच्ता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपुर्छ भन्ने पनि चेतना हो र ? त्यो त मूर्खता हो- भन्दै ओलीले भने,’ ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन् ।नेपालमा राजतन्त्रले दुःख दिने बाहेक केही नगरेको उनले  जनाए । ‘त्यस्तो एउटा मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन्’ एमाले अध्यक्ष ओलीले भने, ‘त्यस्तो बेलामा युवा संघले देश संकटमा परेको बेला काँध थाप्ने हामी छौं है भनेर बोल्यो, धन्यवाद छ ।’

Exit mobile version