JanaKura

महानगरका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्न आग्रह, देशैभरि भिन्तुना मनाईयो

नविना श्रेष्ठ, कात्तिक २८,२०८० /काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्न सम्पूर्ण नेपामिलाई आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा नेपाल संवत ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै बालेनले यस्तो आग्रह गरेका छन्। आज देशैभरि न्हुदया भिन्तुना मनाईएको छ। काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए। नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्न सरकारले मुख्य भूमिका निभाउनुपर्ने बताएका छन्। आगामी वर्षसम्म राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास रहेको बताए। मेयर बालेनले भने, ‘नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्नुहुन आग्रह छ। प्रधानमन्त्रीज्यू पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रूपमा मनाउन आग्रह छ। अर्कोपटक आउँदा राष्ट्रिय रूपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ।’ काठमाडौं महानगरपालिकाले आधिकारिक रूपमा नै नेपाल संवत प्रयोग गरिरहेको बताए। देशभरि भिन्तुना र्याली निकालिएको थियो। कतै मोटरसाइकल र्याली गरेको छ।

Exit mobile version