नविना श्रेष्ठ, कात्तिक २६,२०८० /काठमाडौ क्षेत्र नं ५ का माननीय प्रदिप पौडेलको नेतृत्वमा खानेपानीमन्त्री माननीय महिन्द्र राय यादव, खानेपानी मन्त्रालय सचिव, प्रदेश माननीयहरु, स्थानीय जनप्रतिनिधिहरु केयूकेएलका प्रमुख कार्यकारी अधिकृत शिवपुरी राष्ट्रिय निकुञ्जका वार्डेन आदिको उपस्थितिमा शिवपुरी जलाधार क्षेत्र भित्रको पानीका मुहानहरुको संरक्षण र संकलन (ड्याम) बनाएर आमजनताको घरघरमा शुद्ध पानी पुर्याउने विषयमा र काठमाडौँ क्षेत्र नं ४ र ५ मा देखिएको खानेपानीको समस्या समाधान गर्नेबारे छलफल भएको छ।
स्थानिय बासीहरुलाई खानेपानी समस्या तथा समाधानको निमित्त पानी कसरी संचय गर्ने र कसरी पानीको आपूर्ति पूरा गर्ने भन्ने सम्बन्धमा सबैको आ-आफ्नो सल्लाह सुझाव लिनुका साथै स्थलगत निरिक्षण समेत गर्नुभएको थियो। सबै तहका सरकारले साथ दिएमा पानीको समस्या छिटै हल हुने बताएका छन्। मेलम्ची खानेपानी काठमाडौंमा वितरण भएको लगत्तै शिवपुरी हुँदै बाँसबारी लगिएको पानी बासबारी बाट तलतिर नपठाई यही नगरपालिकाभित्रका जनताहरुलाई व्यवस्थापन गर्ने खानेपानीमन्त्री यादवले प्रतिबद्धता जनाएका छन्। खानेपानी मुहानमा बनाइएको पानीट्यांकी चन्द्रशमशेरको पालामा बनाइएको माननीय श्यामबहादुर खड्काले बताएका छन्। अहिले सम्म आमजनताले पिउने पानी शुद्ध नभएको आममानिसको गुनासो रहेको थियो। शिवपुरी निकुञ्जमा पर्यटकीय हरूको आगमन निकै बाक्लो भएको तर त्यसको व्यवस्था नभएको बताएका छन्। पर्यटनहरु भ्रमण गर्न शिवपुरीको जलाधार क्षेत्र बागद्वार, विष्णुद्वार पुग्ने तर त्यहाँ हात, खुट्टा धुने नुहाउने गरेको पाइन्छ। तत्काल त्यसलाई रुक्न आममानिस र जनप्रतिनिधिहरु लगायत माननीयहरुले समेत आग्रह गरेका छन्।