• 2023-11-10

काठमाडौं, २४ कात्तिक। बालबालिका सम्बन्धी क्रियाशिल गैरसरकारी संस्था चाइल्ड नेपालले नेपाली सञ्चार माध्यममा बाल संवेदनशीलता सम्बन्धी एकदिने अभिमुखीकरण संचालन गरेकाे छ ।

काठमाडाैं उपत्यकामा रहेका विभिन्न नेपाली सञ्चार माध्यमका संवाददाताहरूसंग संस्थाले नेपाली सञ्चार माध्यममा बाल संवेदनशीलता सम्बन्धी अभिमुखीकरण गरेकाे हाे ।

अभिमुखीकरण कार्यक्रममा डा. कुन्दन अर्यालले गैर राजनैतिककाे दायरा जबसम्म फराकिलाे हुँदैन तबसम्म बाल संवेदनशीलतामा परिवर्तन आउन नसक्ने बताउनुभयाे ।

कार्यक्रमकाे बाल अभियन्ता तारक धितालले विभिन्न नेपाली सञ्चार माध्यमका संवाददाताहरूसंग आमसञ्चारमाध्यममा बालबालिकाको संवेदनशिलताका विषयमा अन्तरक्रिया गर्नुभयाे । उहाँले आशा गरेजस्तो रुपमा नेपाली मिडियामा बालबालिकाको मुद्दा समेट्न नसकेको बताउनुभयाे। यसका लागि सवैले आआफनो ठाउँंबाट भूमिका खेल्नुपर्ने उहाँकाे जोड थियो।

कार्यक्रमका अध्यक्ष तथा चाइल्ड नेपालका निर्देशक माेहन दँगालले बालबालिकाकाे समाचार सम्प्रेशन गर्दा तथ्यमा अधारित सामग्रीहरू माथि सम्बाेधन गर्न, बालबालिकाकाे विषयबस्तुलाई निरन्तर प्रकृयाकाे रूपमा प्रयाेग गरिदिन अनुराेध गर्नुभयाे । उहाँले समाचारमा बालबालिकाकाे विषयबस्तुमा प्रभावकारी ढंगले सम्प्रेशन गर्न पनि सुझाव दिनुभयाे । उहाँले बालबालिका सम्वन्धीका समाचारको लेखनमा विशेष गाम्भीर्यता अपाउनुपर्ने बताउनुभयाे ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै