• 2023-11-09

नविना श्रेष्ठ ,कात्तिक २३, /काठमाडौंमा २०७२ बैशाख १२ गते आएको विनासकारी भूकम्पले आम नेपालीहरुलाई रुवाएको थियो।भने ठिक अहिले जाजरकोटका नेपालीहरूलाई रुवाएको छ।त्यो कालो मध्ये दिन थियो २०७२ साल ,तर मध्ये रातमा रुवायो जाजरकोटका नेपालीहरूलाई मध्ये रात भयो। अहिले नेपाल स्काउटको विपत व्यवस्थापन टीम र सशस्त्र प्रहरीको टीम जाजरकोट भूकम्प ग्रसित क्षेत्रमा उद्धारको लागि दिन राति नभनिकन सेवामा खतिरहेका छन्। जाजरकोट केन्द्रविन्दु भएर बुधबार पनि फेरी भूकम्पको धक्का गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ् केन्द्र विन्दु भएर ७ बजे ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको छ। जाजरकोटमा गएको भूकम्प पिडितको सहयोगका लागि नेपाल स्काउटको विपत व्यवस्थापनको तालिम प्राप्त स्काउटहरु १९ जना टोली पुगेका छन्।भने बुढानिलकण्ठ नगरपालिका स्काउट टोली साथमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडाध्यक्ष राजु अधिकारीको नेतृत्वमा जाजरकोट जाने टोलीलाई नगरपालिकाले बिदाई गरे। लगातार भूकम्पको पराकम्पन दिईरहेको जाजरकोटमा सेवाका लागि पुगेका स्काउट टोलीहरुको कामलाई देखेर जाजरकोटका बासिन्दाहरुले खुशी व्यक्त गरे। उद्धार गरेका फोटो फिचरहरु र भिडियो अपडेट भइरहेको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै