JanaKura

रेशम चौधरीको आममाफीविरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

काठमाडौँ, २३ कात्तिक । सरकारबाट आममाफी पाएको रेशम चौधरी विरुद्धमा दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा गएको जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद मिनाहा हुने गरी माफी दिनुभएको थियो ।टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो । क्रुर, अमानवीय र गम्भीर मानव अधिकार उल्लङ्घनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ ।राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै कडायतले राष्ट्रपतिको कार्यालय शीतलनिवास तथा रेशमलाल चौधरीलाई विपक्षी बनाइ रिट दायर गर्नुभएको थियो । यसअघि गएको १६ गते सर्वोच्च अदालतले सरकारबाट आममाफी पाएका योगप्रसाद ढकाल रिगलको कैद मिनाहालाई बदर गरिदिएको थियो ।

Exit mobile version